राजनीति


बिल क्लिन्टन भन्छन्ः थकान र चिन्ता हटाउन मोनिका लेवेन्स्कीसँग अफेयर चलाएँ

बिल क्लिन्टन भन्छन्ः थकान र चिन्ता हटाउन मोनिका लेवेन्स्कीसँग अफेयर चलाएँ

नेपालखबर
फागुन २४, २०७६ शनिबार ७:५५,

अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनले मोनिका लेवेन्स्कीसँगको सम्बन्धका बारेमा एक वित्तचित्रमा खुलेर कुरा गरेका छन्।

‘हिलारी’ नामको वित्तचित्रमा बिलले आफूले एन्जाइटी (चिन्ता) हटाउन लेवेन्स्कीसँग अफेयर चलाएको बताएका छन्।

डेमोक्रेटिक पार्टीकी नेत्री हिलारी क्लिन्टनका श्रीमान राष्ट्रपति बिलमाथि सन् १९९८ मा प्रतिनिधिसभामा लेवेन्स्कीसँगकै सम्बन्धका कारण महाअभियोग लागेको थियो। तर सिनेटमा भएको मतदानमा विपक्षीको बहुमत नपुग्दा उनको पद जोगिएको थियो। त्यसबेला २२ वर्षकी लेवेन्स्की ह्वाइटहाउसमा इन्टर्न गरिरहेकी थिइन्।

‘सबैको जीवनमा दबाब, त्रास र निराशा छाउँछ, मैले जे गरें त्यो गलत थियो,’ बिलले भनेका छन्, ‘तर मैले वर्षौंदेखिको थकान र चिन्ता व्यवस्थापन गर्न लेवेन्स्कीसँग अफेयर चलाएको थिएँ।’ 

सन् १९९० को दशकमा बिल क्लिन्टन र लेवेन्स्कीको सम्बन्ध प्रमुख समाचार बनेका थिए। सुरुमा बिल आफूहरुबीच सम्बन्ध नभएको बताउँथे। तर पछि उनले लेवेन्स्कीसँग ‘यौन सम्पर्क’ भएको स्वीकारेका थिए।

लेवेन्स्कीले पनि उक्त घटनापछि बिलसँग सहमतिमै सम्बन्ध भएको बताउँदै आएकी थिइन्। तर पछि उनले उक्त घटनालाई ‘शक्तिको दुरुपयोग’ को रुपमा व्याख्या गर्न थालिन्।

‘म बिलको शक्तिशाली स्थान रक्षा गर्न बलि चढाइएकी रहेछु,’ सन् २०१४ मा लेवेन्स्कीले भनेकी थिइन्, ‘परिणाम के हुन्छ भनेर थाहा पाउन नसक्दा दैनिक पश्चाताप गर्छु।’

बिलले वित्तचित्रमा लेवेन्स्कीको जीवन आफूसँगको सम्बन्धकै कारण व्याख्या गरिने हुँदा आफूलाई निकै नरमाइलो लाग्ने बताएका छन्।

Image result for clinton

हिलारी क्लिन्टनले जब बिल र लेवेन्स्कीको सम्बन्धबारे थाहा पाइन् उनलाई ठूलो चोट पुगेको थियो।

‘व्यक्तिगत रुपमा मलाई यति पीडा भएको थियो कि श्रीमानले गरेका गल्तीबारे मैले विश्वास नै गर्न सकिरहेको थिइनँ,’ हिलारी क्लिन्टनले उक्त वित्तचित्रमा भनेकी छिन्।

आफ्नी छोरी चेल्सीलाई पिताको गल्तीबारे बताउनुपर्दा निकै डर लागेको क्लिन्टनले वित्तचित्रमा बताएकी छिन्।

यद्यपी क्लिन्टनले बिलसँगै बस्ने निधो गरिन्। कतिले उनको यस कार्यलाई ठिक भने कतिले बेठिक भने। बीबीसी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad