राजनीति


भारतको साँचो मित्र को हो भन्ने बल्ल चिन्दैछौँः विदेशमन्त्री जयशंकर

भारतको साँचो मित्र को हो भन्ने बल्ल चिन्दैछौँः विदेशमन्त्री जयशंकर

नेपालखबर
फागुन २४, २०७६ शनिबार ७:६,

भारतीय विदेशमन्त्री एस जयशंकरले भारतले आफ्ना मित्रहरु बल्ल चिन्न थालेको टिप्पणी गरेका छन्।

नयाँ दिल्लीमा आयोजित ग्लोबल बिजनेस समिटमा विदेशमन्त्री जयशंकरलाई भारतले विश्वमा आफ्ना मित्रहरु गुमाउँदै गएकोबारे प्रश्न सोधिएको थियो। पछिल्लो समय नागरिकता संशोधन कानुन, जम्मु र कस्मिर टुक्र्याउने भारतीय कदम तथा दिल्ली दंगामा मुस्लिममाथि भएको ज्यादतीबारे भारतसँग राम्रो सम्बन्ध रहँदै आएका मलेसिया, टर्कीलगायतका मुलुकले आपत्ति जनाएका थिए।

‘सायद हामीले साँचो मित्र बल्ल चिन्दैछौँ,’ जयशंकरले जवाफमा भने। जयशंकरले संसार बदलिएको भन्दै यसमा भारतको भूमिका पनि बदलिएको बताए।

‘कुनै समय थियो, भारत निकै रक्षात्मक थियो। हाम्रो क्षमता कमजोर थियो। जोखिम ज्यादा थियो। खतरा उच्च थियो,’ जयशंकरले भने, ‘त्यसैले हामीले टाढै बसेर संसारलाई व्यवस्थापन गर्ने रणनीति अख्तियार ग¥यौँ। तर, अब हामी त्यसो गर्न सक्दैनौँ। हामी विश्वको पाँचौँ ठूलो अर्थतन्त्र हौँ। अहिले संसारको प्रकृति पनि परिवर्तन भइसक्यो।’ एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad