ad ad

कारोबार


सोमबार पनि ५७ अंकले घट्यो नेप्से, राताम्मे बजारमा यी १४ कम्पनी देखिए भाग्यमानी

सोमबार पनि ५७ अंकले घट्यो नेप्से, राताम्मे बजारमा यी १४ कम्पनी देखिए भाग्यमानी

नेपालखबर
भदौ ३१, २०८१ सोमबार १५:१४, काठमाडौँ

आइतबार ५० अंकले घटेको नेप्से सोमबार पनि ५७.०३ अंकले घट्यो। 

सोमबार दिनभर नेप्से घटेर २५८०.७६ अंकमा ओर्लिएको हो। 

नेप्से घटेर दिनभर बजार राताम्मे बन्दा पनि १४ कम्पनीका लगानीकर्ता भने भाग्यमानी देखिए। अर्थात् आज दिनभर ७ अर्बको कारोबार गरेका लगानीकर्ताले माग १४ कम्पनीमा बढाउँदा यी कम्पनीको सेयरमूल्य बढ्न पुग्यो। 

बजार राताम्मे भएर २२७ वटा कम्पनीको सेयरमूल्य घट्दा १४ कम्पनीको मुल्य भने बढेको हो। जसमा आत्मनिर्भर लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको बृद्धि सहित सर्किट लाग्न पुग्यो भने हिमालयन हाइड्रो र जनउत्थान सामुदायिक लघुवित्तले ९ प्रतिशतमाथिकै मूल्यवृद्धि गर्न सफल भएका छन्। 

योबाहेक रावा इनर्जी डेभलपमेन्टको र राप्ती हाइड्रोको ५ प्रतिशत, अप्पर लाहोरे खोलाको ४.४०, मेन्छ्यिाम हाइड्रो र ग्रिन भेन्चरको ३ प्रशित भन्दा धेरैले सेयरमूल्य बढेको हो। समग्रमा आज १४ वटा कम्पनीको सेयरमूल्यमा सामान्य बृद्धि देखिएको हो। 

राताम्मे बजारसँगै मूल्य पनि घट्ने कम्पनीहरुमा भने गुडवील फाइनान्स,थ्री स्टार हाइड्रो लगायतका कम्पनीहरु अगाडि छन्। यी कम्पनीहरुको ९ सर्किट लेबलमै सेयरमूल्य घटेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .