ad ad

कारोबार


नेप्सेले गर्‍यो ७८ अंकको पुनरागमन, ८ अर्ब नाघ्यो सेयर कारोबार

नेप्सेले गर्‍यो ७८ अंकको पुनरागमन, ८ अर्ब नाघ्यो सेयर कारोबार

नेपालखबर
भदौ २७, २०८१ बिहिबार १५:३५, काठमाडौँ

लगातार ६ कारोबार दिन घटेको सेयरबजारले पुनरागमन गरेको छ। 

बिहीबार नेप्से सूचक ७८.१७ अंकले बढेपछि २६८८.३८ विन्दुमा पुगेको हो। 

सूचकसँगै कारोबार रकम पनि ८ अर्ब नाघेको छ। साताको अन्तिम कारोबार दिन ८ अर्ब १६ करोड ९२ लाखको सेयर किनबेच भएको छ। १ करोड ९४ लाख बढी कित्ता बिक्रीमा यो परिमाणको कारोबार भएको हो। 

आज २२९ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ वटाको घटेको र ३ वटाको उही मूल्यमा कारोबार भएको छ। 

आजको कारोबारमा वीन नेपाल लघुवित्त, ग्रिन भेन्चर लिमिटेड, उपकार लघुवित्त, इस्टर्न हाइड्रोपावर, रावा इनर्जी डेभलपमेन्टको सेयरमा सकारात्मक सर्किट लाग्दा लगानीकर्ताले राम्रो आम्दानी गरेका छन्। 

थ्रि स्टार हाइड्रोपावरको भने नकारात्मक सर्किट लागेको छ। अन्य कम्पनीहरुको सेयर अधिकतम ८.४९ प्रतिशतसम्मले घटेको छ। 

कारोबारतर्फ सीईडीबी हाइड्रोको ४७ करोड, हिमालयन रि इन्स्योरेन्सको २४ करोड, एनआरएन इन्फ्रास्ट्रक्चरको २४ करोड, अपि पावरको १८ करोडको सेयर किनबेच भएको छ। 

सेयरबजारमा कुल बजार पुँजीकरण ४२ खर्ब ७४ करोड र तरलता १५ खर्ब पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .