कारोबार


पोखरामा फेसन शो कार्यक्रम हुने

पोखरामा फेसन शो कार्यक्रम हुने

नेपालखबर
असार १८, २०७६ बुधबार १०:४४,

पोखरामा आगामी अगष्ट २ तारिखमा हेरिटेज अफ फेसन नेपालको आयोजना हुने भएको छ। यही कार्यक्रम अष्ट्रेलियामा पनि आयोजना हुने आयोजकले बताएको छ।

एएसएपीको आयोजनामा हुन लागेको यो फेसन शोमा उदाउँदै गरेका मोडलहरु र्‍याम्प नाप्नेछन् । नेपालको फेसन डिजाइनिङमा उदाइसकेका डिजाइनरहरुले तयार पारेका पहिरनमा मोडलहरु स्टेजमा हिड्ने आयोजकले आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको छ ।

यो कार्यक्रममा सो स्टपरको रुपमा मोडल, कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकार रहनेछन् । यस्तै, ‘कर्पोरेट क्विन २०१९’ शित्तल थापा पनि सो स्टपरको रुपमा फेसन शोमा प्रस्तुत हुनेछिन् ।
यो कार्यक्रममा गायिका मिलन नेवार र प्राप्ती तुलाचनले आफ्नो प्रस्तुति राख्नेछन् । शोको कोरियोग्राफर मुस्कान रानी हुन् ।

गायक धिरज राइले पनि कार्यक्रममा सहभागिता जनाउनेछन् । आयोजकले यो कार्यक्रम भिजिट नेपाल २०२० लाई लक्षित राख्दै आयोजना गर्न लागेको बताएको छ ।

यस्तै, नेपालका हेरिटेजहरुको प्रमोशनमा पनि यसले सहयोग पुर्याउने अपेक्षा गरिएको छ । शोमा पुर्खाहरुले लगाउने पहिरनदेखि हेरिटेज झल्किने पहिरन समावेश हुनेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad