काठमाडौँको भृकुटीमण्डपमा जारी नाडा अटो सोमा शनिबार अन्य दिनको भन्दा धेरै भिडभाड छ। बिदाको दिन भएर पनि अन्य दिनको भन्दा आज धेरै संख्यामा मानिसहरूको उपस्थिति देखिएको हो।
अटो सोमा पेट्रोल गाडीको तुलनामा विद्युतीय गाडीकै दबदबा छ। विद्युतीय गाडीमा पनि इन्ट्री लेभलका गाडी र मिड रेन्जका गाडीमा ग्राहकको आकर्षण बढी छ।
एक दर्जन नयाँ ब्रान्डसहित थुप्रै नयाँ मोडल प्रदर्शनीमा राखिएको हो।
सोमा चारपांग्रेबाहेक १९ ब्रान्डका दुई पांग्रे सवारीसाधन पनि प्रदर्शनीमा राखिएको छ। गत भदौ ११ गतेदेखि चलेको नाडा अटो सो भोलि (आइतबार) सम्म चल्नेछ।
दुईपांग्रे ब्रान्डहरु सुजुकी, हिरो, बजाज, यामाहा, टीभीएस, रोयल इन्फिल्ड, अप्रिलिया, भेष्पा, बेनेली, सीएफमोटो, एनआईयूलगायतको उपस्थिति छ।
शुक्रबार दिउँसो १ बजेपछि भिडभाड बढेको भए पनि आज भने बिहानैदेखि ग्राहकहरूको भिडभाड छ।
काठमाडौँमा केहीबेर अघिबाट सुरु भएको वर्षाका कारण अटो सोमा आउने ग्राहकहरु प्रभावित भएका छन्।
दुईपाङ्ग्रे सवारी र चारपाङ्ग्रे सवारी साधन राखिएको स्टल फरक फरक ठाउँमा छन्। दुईपाङ्ग्रेबाट चारपाङ्ग्रेमा जाने ठाउँमा ओत नभएका कारण मानिसहरू अड्किएर बसेका छन्।
तस्बिरहरूः
Shares
प्रतिक्रिया