ad ad

कारोबार


नाडा अटो सोमा ट्राइम्फका १५० भन्दा बढी मोटरसाइकल बुकिङ

नाडा अटो सोमा ट्राइम्फका १५० भन्दा बढी मोटरसाइकल बुकिङ

नेपालखबर
भदौ १५, २०८१ शनिबार १२:१७, काठमाडौँ

काठमाडौँको भृकुटीमण्डपमा यही भदौ ११ देखि जारी नाडा अटो सो-२०२४ मा ट्राइम्फ मोटरसाइकलले उल्लेखनीय उपलब्धि हासिल गरेको आयातकर्ता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले जानकारी दिएको छ।

अहिलेसम्म १५० भन्दा बढी संख्यामा उक्त मोटरसाइकल बुकिङ भइसकेको कम्पनीले जनाएको छ। 

कम्पनीको दाबीअनुसार ट्राइम्फ ब्रान्ड विशिष्ट डिजाइन, इन्जिनियरिङ उत्कृष्टता र बेजोड पर्फर्मेन्सका लागि परिचित छ।

जारी नाडा अटो सोमा ट्राइम्फका नयाँ स्क्रेम्बलर ४०० एक्स र स्पिड ४०० सार्वजनिक गरिएको छ।

मोटरसाइकलप्रेमीका उत्साहजनक प्रतिक्रिया र अत्यधिक बुकिङले ट्राइम्फको लोकप्रियता पुष्टि गरेको कम्पनीको भनाइ छ। 

गोल्छा ग्रुपका डाइरेक्टर, अभिमन्यु गोल्छाले भने, ‘यस उपलब्धिले हामीलाई निकै गर्वित बनाएको छ। नाडा अटो सोमा पाएको अतुलनीय प्रतिक्रिया र १५० युनिट बुकिङ पुग्नुले मोटरसाइकल उत्साहीहरूको ट्राइम्फ ब्रान्ड प्रतिको विश्वासलाई झल्काएको छ। यो सफलताले हामीलाई हाम्रा ग्राहकलाई झनै असाधारण उत्पादन र सेवा प्रदान गर्न उत्प्रेरित गरेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .