ad ad

कारोबार


राइनो लेदरको ट्रेडमार्क दर्ता

राइनो लेदरको ट्रेडमार्क दर्ता

नेपालखबर
भदौ १०, २०८१ सोमबार १६:५४, काठमाडौँ

नेपाली ब्रान्ड ‘राइनो लेदर’ले डिजाइन दर्ता गराएको छ। 

विभिन्न कम्पनीले आफ्नोजस्तै उत्पादन बजारमा ल्याएको भन्दै राइनो लेदरले डिजाइनहरुको ट्रेडमार्क दर्ता गरेको कम्पनीकी निर्देशक अलिशा शाहले जानकारी दिइन्। 

‘हामीले उच्च गुणस्तरको ´ए ग्रेड`लेदरको प्रयोग गरेर डिजाइनरको सहयोगमा उत्पादन बजारमा ल्याउँछौँ र केही कम्पनीले हाम्रो डिजाइनको नक्कल गरेर कमसल सामान बजारमा ल्याइरहेका छन्। त्यही कार्य रोक्न उद्योग विभागमा ट्रेडमार्क दर्ता गराएका हौँ’, उनले भनिन्।

हालसम्म करिब ४० भन्दा धेरै डिजाइन दर्ता गरिएको उनले बताइन्।  

राइनो लेदरले हाल लेडिज र जेन्ट्सका ज्याकेट, लेडिज र जेन्ट्सका प्यान्ट, साइड ब्याग, ट्रलिब्याग, ट्राभलिङ ब्याग, ब्याक प्याक, लेडिज पर्स, जेन्ट्स वालेट, ल्यापटप ब्याग, लेडिज र जेन्ट्सका बेल्ट, किरिङ्ग लगायतका दर्जनौँ सामानका साथै विभिन्न प्रकारका कर्पोरेट आइटमहरु उत्पादन गरिरहेको छ।

२५ वर्ष पुरानो यो कम्पनीको ३ वटा आउटलेट छ भने प्रत्यक्ष रुपमा १ सय भन्दा धेरैले रोजगारी पाइरहेको कम्पनीको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .