कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मी प्रपन्न निरौला नियुक्त भएका छन्।
अर्थ मन्त्रालयले मंगलबार उनलाई अध्यक्षमा नियुक्त गरेको हो। दुई महिना अघि उनले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकास पाएका थिए।
निरौला राष्ट्र बैंकमा ३० वर्ष कार्यरत थिए। राष्ट्र बैंकमा नीति निर्माणदेखि बैंक सुपरिवेक्षमा विभागमा काम गरेको उनीसँग अनुभव छ।

प्रतिक्रिया