कारोबार


कुलमानलाई ऊर्जामन्त्रीले भने– उद्योगको लाइन काट्नु घाँटी काटे सरह हो (भिडिओ)

कुलमानलाई ऊर्जामन्त्रीले भने– उद्योगको लाइन काट्नु घाँटी काटे सरह हो (भिडिओ)

नेपालखबर
भदौ १, २०८१ शनिबार १७:१८, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले डेडिकेटेड ट्रंकलाइनको बक्यौता नतिर्ने उद्योगहरूमा विद्युत काट्नु नहुने बताएका छन्।

शनिबार नेपाल विद्युत प्राधिकरणको ३९ औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री खड्काले डेडिकेटेड ट्रंकलाइनको वक्यौता रकम नतिर्ने उद्योगहरूको विद्युत काट् नहुने बताएका हुन्। 

सरकारले उद्योगीहरूले विद्युत उपभोग गरेको रकम तिर्नुपर्दैन नभनेको भन्दै तिर्ने कुरा न्यायोचित छ वा छैन भन्ने कुराको जिम्मेवारी राज्यले लिनुपर्ने जिकिर गरेका छन्। 

उद्योगको लाइन काटेर बस्नु भनेको एउटा घाँटी काट्नुसरह भएको भन्दै नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई उद्योगको लाइन नकाट्न निर्देशन पनि दिए। 

‘कहीँ कसैले बदमासी गरेको छ। दण्ड, सजाय हुन्छ। जरिवाना हुन्छ। तर दण्ड, सजाय, जरिवाना घाँटी काटेर हुँदैन। घाँटी काट्ने भनेको अन्तिम कुरा हो। एउटा उद्योगको लाइन काटेर बस्नु भनेको एउटा मान्छेको घाँटी काट्नु सरह हो। घाँटी काटिसकेपछि के बाँकी रह्यो?’, उनले भने।

उद्योगसँग आश्रित परिवार, उत्पादन र राजश्वको कुरापनि भएकाले पैसा नतिरेको खण्डमा कानूनको प्रयोग गर्नुपर्ने उनको भनाइ थियो। 

‘विद्युत प्रयोग गरेवापत पैसा तिर्नुपर्छ। र त्यसको मूल्य निर्धारण भएको छ। एउटा सामान्य झुपडीमा बस्ने मान्छेले त बत्ति नबाल्दा त ३० रुपैयाँ तिरिराखेको छ भनेपछि प्रयोग गरेको चिज तिर्नुपर्दैन र? प्रधानमन्त्रीज्यूले पनि यही भन्नुभएको छ,’ मन्त्री खड्काले भने, ‘यो केही व्यवसायिक साथीहरूको विषयमा उठेको प्रश्न हो। केही बक्यौताको कुरा हो। मैले पनि त्यही भनिराखेको छु। मैले अहिलेसम्म कसैले तिर्नुपदैन भनेको सुनेको छैन। तिर्नुपर्ने कुरा कति न्यायोचित छ कि छैन भन्ने कुराको जिम्मेवारी चाहीँ राज्यले लिनुपर्छ,’ मन्त्री खड्काले भनेका छन्।

उनले अघि थपे, ‘त्यहाँ श्रमिक होलान्। त्यहाँ मजदुर होलान्। काम गर्ने मान्छे ज्यालादारी होलान्। दिनभरी काम गरेर बेलुका खानुपर्ने आश्रित वर्ग होला त्यहाँ। त्यो उसको उत्पादन होला। त्यहाँबाट राजश्व संकलन होला। यदी तिरेनन् भने त जफत गर्ने कानुन छ नि। कानुनहरूको प्रयोग गर्नुपर्‍यो।’ 

मन्त्री खड्काले ऊर्जा क्षेत्रले नै देशलाई समृद्ध बनाउने भन्दै सोही अनुरुप ऊर्जा क्षेत्रको स्रोत, साधन परिचालनमा सरकार लागेको दाबी पनि गरेका छन्। 

कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले सरकारले नेपालभर विद्युतीय ट्याक्सी सञ्चालन गर्नेबारे सोचिरहेको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad