खेलपछि आयोजित पत्रकार सम्मेलनमा मेस्सीले बुधबारको खेलमा अर्जेन्टिना जति ब्राजिल बलियो टोली नभएको बताउँदै खेलमा रेफ्रिले ब्राजिलको साथ दिएको आरोप लगाए।
ब्राजिलको जितका लागि खेलको १९ औं मिनेटमा ग्याब्रियल जिससले सुरुवाती गोलगर्दा खेलको ७१ औं मिनेटमा रोवर्टो फर्मिनोले दोस्रो गोल गरेका थिए।
दोस्रो गोल अगाडि अग्वेरोलाई ब्राजिलिएन डिफेन्डरले डिबक्समा लगाउँदा रेफ्रिले फल नदिएको आरोप लगाए।
मेस्सीका अनुसार त्यस बल पेनाल्टीको लागि लायक थियो। यदी फल दिएको भए नतिजा फरक निस्कने मेस्सीको भनाइ थियो। उनले भिएआर प्रविधिको प्रयोग नगरेको समेत दुख प्रकट गरे।
अग्वेरोलाई डिबक्समा लडाएपछि ब्राजिलले काउन्टरमा बल कुदाएर दोस्रो गोल गरेको थियो।

मेस्सीले के भने?
‘उनीहरु हामी जति बलियो थिएनन्। उनीहरुले सुरुवाती अग्रता लिए तर दोस्रो गोल हामीले पेनाल्टी नपाएर भएको हो।’ मेस्सीले भने,‘उनीहरुले नयाँ प्रविधि भित्र्याएका छन्। तर भिएआर चेक गरेनन्। यो लज्जास्पद हो। रेफ्रीले सुरुवातदेखि ब्राजिललाई साथ दिएको देखिन्थ्यो। यसले हाम्रो खेल प्रदर्शनमा नराम्रो प्रभाव पर्यो।’
‘यहाँ कुनै बहाना चल्दैन। हामी हारिसक्याै। तर यस खेलको विषयमा पुनर्विचार गरिनुपर्छ, विश्लेषण गरिनुपर्छ। मलाई विश्वास छ आयोजकले केही गर्नेछन्।’ उनले भने,‘हामीले राम्रो प्रयास गर्यो। राम्रो खेल्यौ। उनीहरु हामी माथि हाबी हुन सकेनन्।’
बिहान सम्पन्न खेलमा ब्राजिलभन्दा अर्जेन्टिनाले १० बल गोलका लागि बढी प्रहार गरेको थियो। खेल अवधिभर अर्जेन्टिनाले १४ पटक बल पोस्टमा प्रहार गर्दा मात्र २ बल पोस्टको दिशामा गएको थियो। ब्राजिलले मात्र ४ बल पोस्टमा प्रहार गर्दा ३ बल पोस्टको दिशामा गयो। २ बलले पोस्टको जाली चुम्यो।
अर्जेन्टिनाको कोपा अमेरिका सपना विलिन भयो भने ब्राजिल फाइनलमा प्रवेश गर्यो। अब ब्राजिलले चिली र पेरुबीचको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ।
फाइनल खेल आगामी सोमबार बिहान पौने २ बजे हुनेछ। (गाेल डटकम)
Shares

प्रतिक्रिया