ad ad

कारोबार


आवश्यक नीतिगत सुधारसहित पर्यटन क्षेत्र चलायमान बनाउने मन्त्री पाण्डेको प्रतिबद्धता

आवश्यक नीतिगत सुधारसहित पर्यटन क्षेत्र चलायमान बनाउने मन्त्री पाण्डेको प्रतिबद्धता

नेपालखबर
साउन १६, २०८१ बुधबार १३:५५, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासको लागि आवश्यक नीतिगत सुधारको लागि मन्त्रालय तयार रहेको बताएका छन्।  

नेपाल पर्यटन बोर्डले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको स्वागत कार्यक्रमा पर्यटनका लागि प्रकृतिले दिएको अद्दितीय सम्भावनाको सदुपयोग गर्दै नेपालको आर्थिक समृद्धिमा पर्यटनको योगदानलाई बढाउने बताएका हुन्। 

पर्यटन विकासका लागि सरकारको एकल प्रयास पर्याप्त नभएकोले नै सार्वजनिक निजी साझेदारीको अवधारणा अनुरुप बोर्ड गठन गरिएको उल्लेख पर्यटनलाई थप चलायमान बनाउन अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रणनीति आवश्यक भएको  बताए। 

मन्त्रालयले बोर्डसँगै अन्य पर्यटन मन्त्रालयसंग सम्बन्धित निकायहरुलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर अध्ययन गरिरहेको जानकारी दिँदै मन्त्री पाण्डेले बोर्डले आयोजना गर्ने कार्यक्रमको औचित्य र प्रभावकारीलाई हेरेर नयाँ बजेट र कार्यक्रम बनाउनुपर्ने बताए। 

मन्त्रीलाई स्वागत गर्दै बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले नेपालको पर्यटन विकासको लागि गठित बोर्डको अवधारणा, भइरहेका गतिविधी तथा भावी कार्यक्रमबारे जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .