कारोबार


बैंकहरुले साउनसम्मको ब्याज आम्दानी गत वर्षको नाफामा राख्न पाउने बाटो खुल्यो

बैंकहरुले साउनसम्मको ब्याज आम्दानी गत वर्षको नाफामा राख्न पाउने बाटो खुल्यो

नेपालखबर
साउन १५, २०८१ मंगलबार ११:२९, काठमाडौँ

साउन महिनासम्मको ब्याज आम्दानीलाई बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्षको नाफामा राख्न पाउने भएका छन्। 

नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै एक महिनाको ब्याज आम्दानी गत आवको नाफामा थप गर्न पाउने बाटो खुलाएको हो। 

यसअघि चालु आवको मौद्रिक नीतिबाट बैंक तथा वित्तीय संस्थाहरुले साउन महिनाको ब्याज आम्दानी नाफामा गणना गर्न पाउने व्यवस्था गरिएको थियो। 

सोही व्यवस्थालाई टेकेर बैंकले सर्कुलर जारी गरेको हो। 

यस अघि १५ दिनको ब्याजआम्दानी नाफामा गणना गर्न पाउने व्यवस्था भएकोमा चालु आवमा भने एक महिनाको ब्याज आम्दानी नाफामा गणना गर्न पाउने व्यवस्था राष्ट्रबैंकले गरेको हो। यो व्यवस्थाले बैंक तथा वित्तीय संस्थाहरुको नाफामा बृद्धि हुनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad