नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागबाट असर्फी किन्न ग्राहकले नागरिकता अनिवार्य बोक्नु पर्ने भएको छ।
विभागले सूचना जारी गर्दै असर्फी, स्मारिका सिक्का र मेडालियनको बिक्री गर्दा कम्प्युटर बिलिङ उपलब्ध गराइने हुँदा परिचय खुल्ने नागरिकता वा राष्ट्रिय परिचयपत्र देखाउनुपर्ने व्यवस्था गरेको हो।
विभागले परिचय खुल्ने प्रमाणपत्र पेस गरेर मात्र खरिद गर्न पाउने व्यवस्था गरेका छ।
विदेशीको हकमा भने राहदानी देखाएर खरिद गर्न पाउने व्यवस्था गरिएको छ।
210
Shares

प्रतिक्रिया