ad ad

कारोबार


२७ सयको मनोवैज्ञानिक अवरोध पार गर्न नसके पनि सेयर कारोबारले पार गर्‍यो १८ अर्बको सीमा

२७ सयको मनोवैज्ञानिक अवरोध पार गर्न नसके पनि सेयर कारोबारले पार गर्‍यो १८ अर्बको सीमा

नेपालखबर
साउन १४, २०८१ सोमबार १५:२६, काठमाडौँ

२ दिनदेखि सेयरबजारमा लगानीकर्ताको ओइरो छ। गएको एक महिनादेखि सेयरबजारमा नेप्से र कारोबार रकमले छलाङ मारिरहे पनि कारोबारमा भने पछिल्लो दुई दिन महत्त्वपूर्ण रह्यो। 

आइतबार दुई पटकको सर्किट ब्रेकपछि करिब १६ अर्ब कारोबार गरेका लगानीकर्ताले सोमबार घट्दो बजारमै साढे १९ अर्ब रुपैयाँको सेयर कारोबार गरेका हुन्। 

सूचकले २७ सय अंकको मनोवैज्ञानिक अवरोध दुई दिनदेखि तोड्न नसकिरहँदा काराबार रकम भने ‘अलटाइम हाई’ नजिक पुगेको हो। 

यो अघिल्लो पटकको बुल (२०७८ भदौ ३ गते ३२ सयको सीमा)मा भएको कारोबार बराबरको रकम हो। भदौ २ गते २२ अर्ब पुगेको बजार भदौ ३ गते साढे २० अर्बको कारोबार भएकोमा त्यसयता यतिको संख्यामा कारोबार भएको थिएन। 

आइतबार वाणिज्य बैंकहरुले धमाधम सर्किट लेभलमा मूल्य बढाउँदा त्यसको असर सोमबारको कारोबारमा देखिएको हो। सोमबार २०.४६ अंकले सूचक घटेको बजारमा लगानीकर्ताले १९ अर्ब ६० करोड रुपैयाँको सेयर कारोबार गरेका हुन्। 

लगानीकर्ताले आज सबैभन्दा धेरै वाणिज्य बैंकको कारोबार गरेका हुन्। वाणिज्य बैंकको सेयरमा मात्रै आज ४ अर्ब ३३ करोड रुपैयाँको कारोबार भएको छ। यो अहिलेसम्मकै सबैभन्दा उच्च हो। 

मौद्रिक नीतिपछि खुलेको पहिलो कारोबारबाट १० प्रतिशतले मूल्य बढेको वाणिज्य बैंकहरुको सेयरमा लगानीकर्ताले सर्टटर्म प्रोफिट बुक (छोटो अवधिको नाफा निकाल्नु) गरेका हुन्। यसले वाणिज्य बैंकहरुको सेयर कारोबार उल्लेख्य बढ्न पुग्यो भने सूचक भने दिनभर राताम्मे बन्न पुग्यो। 

समग्रमा कारोबारमा उछाल ल्याएको नेप्सेले २७ अंक भने पार गर्न सकेन। आज २०.६४ अंकको करेक्सनसहित सूचक २६६१.०९ अंकमा बन्द भएको छ। आज लगानीकर्ता प्रोफिट बुकमा उत्रिँँदा लगातार मूल्य बढिरहेका बैंकिङ, विकास बैंक, होटल, लगानीलगायतका समूह राताम्मे बनेका छन्। यद्यपि आज फाइनान्स, जलविद्युत कम्पनीका लगानीकर्ताले भने सामान्य नाफा बुक गर्न सफल बने।

समग्रमा बजारमा ७० वटा कम्पनीका लगानीकर्ताले कमाउँदा १६८ वटा कम्पनीका लगानीकर्ताले मूल्य गुमाएका छन्। बढ्नेमा नेपाल फाइनान्स, मन्दाकिनी हाइड्रो लगायतका कम्पनी अग्रस्थानमा छन्। घट्नेमा भने आरम्भ चौतारी, बोटलर्स नेपाल लगायतका अगाडि छन्। 

तर यो दिन आइतबार मूल्यगत रुपमा अगाडि आएका वाणिज्य बैंकहरु सबै घटेका छन्। नाफा बुक गर्ने ध्याउन्नमा लगानीकर्ता लाग्दा बजार राताम्मे बन्न पुग्यो। आज लगानीकर्ताले शिवम् सिमेन्ट, कुमारी बैंक, नेपाल इन्भेस्टमेन्ट, प्रभुलगायका वाणिज्य बैंकहरुको सर्वाधिक कारोबार गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .