ad ad

कारोबार


कोसी प्रदेशमा ६ वर्षमा ५५० किलोमिटर सडक कालोपत्रे

कोसी प्रदेशमा ६ वर्षमा ५५० किलोमिटर सडक कालोपत्रे

नेपालखबर
साउन ११, २०८१ शुक्रबार १५:२६, काठमाडौँ

मुलुक संघीय संरचनामा गएपछि गठन भएको कोसी प्रदेशमा साढे पाँच सय किलोमिटर सडक कालोपत्रे भएको छ।

भौतिक पूर्वाधार विकास मन्त्रालयमा आयोजित वार्षिक प्रगति समीक्षा कार्यक्रममा प्रदेशभर पाँच सय ५० किलोमिटर सडक कालोपत्रे भएको जानकारी दिइएको हो।

कोसी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ यता हालसम्म प्रदेशका १४ जिल्लाका सदरमुकामसम्म पहुँच पुग्नेगरी सडक निर्माण गरिसकेको जनाएको छ।

मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ मा एक सय २६ किलोमिटर सडक कालोपत्रे गरेको छ। त्यसभन्दा अघिल्लो आर्थिक वर्षमा २०६ किलोमिटर सडक ‘पिच’ गरेको मन्त्रालयले आ.व. २०७८/७९ मा ९८, २०७७/७८ मा ४०, २०७६/७७ मा ५२ र २०७५/७६ मा २६ किलोमिटर सडक कालोपत्रे गरिएको मन्त्रालयका सचिव अशोककुमार साहले बताए।

६ वर्षको अवधिमा मन्त्रालयले एक हजार ४१३ किलोमिटर ग्राभेल सडक निर्माण गरेको छ भने ३८४ किलोमिटर ट्र्याक खोलेको छ। बहुवर्षीय सडकअन्तर्गत २८ वडा सडकको काम सकिएकोमा यो आर्थिक वर्षमा १२ वटा सडक निर्माण भएको छ।

प्रदेशभर पछिल्लो ६ वर्षको समयमा ८८ वटा मोटरेवल पुल र दुई सय वटा झोलुंगे पुल निर्माण सम्पन्न भएको छ। वार्षिक प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कोसी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेतीले सडक–सञ्जालसहित बहुवर्षीय आयोजनाहरू बजेटअनुरूप थपेर समयमै सम्पन्न गर्नेगरी काम गर्नुपर्ने बताए।

आर्थिक वर्ष २०८०/८१ मा मन्त्रालयले १२२ वटा सामुदायिक र २७ वटा सरकारी भवन निर्माणको काम सम्पन्न गरेको छ भने १६ वटा एकीकृत बस्ती विकास र जनता आवास कार्यक्रमअन्तर्गत एक हजार २४ वटा घर बनाएको छ। ६ वटा पार्क, एउटा बसपार्क, दुईवटा भ्युटावर निर्माणको काम सम्पन्न भएको मन्त्रालयको तथ्यांक छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .