ad ad

कारोबार


पूर्ण परीक्षण गर्न विदेशबाट आउँदै थिए प्राविधिक, उडेलगत्तै दुर्घटनामा पर्‍यो जहाज

पूर्ण परीक्षण गर्न विदेशबाट आउँदै थिए प्राविधिक, उडेलगत्तै दुर्घटनामा पर्‍यो जहाज

बम्बार्डियर जहाज। तस्बिर : एभिएसन इन्फो


नेपालखबर
साउन ९, २०८१ बुधबार १८:७, काठमाडौँ

बुधबार दुर्घटना भएको सौर्य एयरलाइन्सको बम्बार्डियर सीआरजे २०० जहाज पोखरा लगेर पूर्ण परीक्षणको तयारी गरिएको खुलेको छ।

यसकै लागि विदेशबाट २ जना प्राविधिकहरु १-२ दिनमै नेपाल आउने तय भएको थियो। 

तर टोली नआइपुग्दै जहाज त्रिभुवन विमानस्थलमै दुर्घटनामा परेको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमान उत्पादक कम्पनी बम्बार्डियरका विज्ञ नेपाल आउने बेलामै दुर्घटना भएको हो।

सौर्य एयरलाइन्सले जहाज पूर्ण परीक्षणका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ह्यांगर समेत लिइसकेको थियो। सोही ह्यांगरमा विदेशी विज्ञसहितका सबै प्राविधिकबाट पूर्ण परीक्षणको तयारी गरिएको थियो। 

प्राधिकरणका उपमहानिर्देशक हंसराज पाण्डेले सौर्य एयरलाइन्सका प्राविधिक नै पोखरा जहाजको पूर्ण परीक्षण गर्न जान लागेको बताए। 

‘कम्पनीका आफ्ना प्राविधिकसहित उत्पादक कम्पनीकै २ जना विज्ञ समेत पोखरा जाँदै थिए’, पाण्डेले नेपालखबरसँग भने, ‘उत्पादक कम्पनीबाट पर्सिसम्म विज्ञ आइपुग्ने तालिका रहेछ। तर दुर्भाग्यवश जहाज दुर्घटना भयो।’

बुधबारको दुर्घटनामा सौर्य एयरलाइन्सले आफ्ना ४ व्यवस्थापकलाई नै गुमाएको छ। पाइलट मनिषरत्न शाक्य बाँच्न सफल भए पनि १८ जनाको मृत्यु भएको छ। तीमध्ये अधिकांश कम्पनीकै कर्मचारी छन्।

यो पनि-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .