नेपाल लाइफ इन्स्योरेन्सले दुईवटा शैक्षिक संस्थामा झण्डै डेढ अर्ब रुपैयाँ बराबरको सेयर लगानी गर्ने भएको छ।
कम्पनीको ६ गते बसेको सञ्चालक समितिको बैठकले प्रोफेसनल एजुकेटर्स लिमिटेड र युनिग्लोब हाइअर सेकेन्डरी स्कुल काठमाडौंमा उक्त लगानी गर्ने निर्णय गरेको हो।
यसअनुसार प्रोफेसनल एजुकेटर्समा ३५.३२ प्रतिशत सेयर स्वामित्वका लागि ७३ करोड ७२ लाख ८९ हजार ६ सय र युनिग्लोबमा ४७.६२ प्रतिशत सेयर स्वामित्वका लागि ६० करोड गरी कुल १ अर्ब ३३ करोड ७२ लाख ८९ हजार ६ सय रुपैयाँ लगानी गर्न लागेको हो।
दुई शैक्षिक संस्थामा कम्पनीले गरेको लगानी प्रस्तावलाई बीमा प्राधिकरणले स्वीकृति दिएको थियो।
सोसँगै दुवै पक्षबीच सेयर लगानी सम्झौता भएको कम्पनीले जनाएको छ।
333
Shares
प्रतिक्रिया