ad ad

समाज


१७ जना यात्रु लिएर काठमाडौँमा आउँदै गरेको माइक्रो जलवीरेमा दुर्घटना

सहचालकको अवस्था गम्भीर
१७ जना यात्रु लिएर काठमाडौँमा आउँदै गरेको माइक्रो जलवीरेमा दुर्घटना

नेपालखबर
साउन ७, २०८१ सोमबार १३:२६, चितवन

चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिकै माइक्रो बस दुर्घटना हुँदा तीनजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कावासोतीबाट काठमाडौँ तर्फ जादैँ गरेको ग१ख ९१५५ नम्बरको माइक्रो आज बिहान नारायणगढ–मुग्लिन खण्डअन्तर्गत इच्छाकामना–६ जलबिरेस्थित सडकको डिभाइडरमा ठोकिँदा बसमा सवार तीनजना घाइते भएका हुन्।

घाइतेहरुको पुरानो मेडिकल कलेज भरतपुर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए। 

घाइतेमध्ये माइक्रोका सहचालक नवलपुरको कावासोती नगरपालिका–८ बस्ने ३६ वर्षीय धनश्याम न्यौपानेको अवस्था गम्भीर छ। 

माइक्रो आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो। प्रवक्ता रिजालले माइक्रो चालक चितवनको माडी नगरपालिका–१ का नन्दलाल महतोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिए। उक्त माइक्रोमा १७ यात्री सवार थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .