ad ad

कारोबार


पदभार ग्रहण गर्दै सञ्चारमन्त्री गुरुङले भने– ‘पपुलर हुन होइन, डेलिभरी दिन आएको हुँ’

‘सूचना प्रविधि क्षेत्रको संस्थागत पुनर्संरचनाको अध्ययनका लागि समिति बनाउने निर्णय’
पदभार ग्रहण गर्दै सञ्चारमन्त्री गुरुङले भने– ‘पपुलर हुन होइन, डेलिभरी दिन आएको हुँ’

नेपालखबर
असार ३१, २०८१ सोमबार १५:७, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पदभार ग्रहण गरेका छन्। 

पदभार ग्रहण गर्दै उनले सरकारले नीति तथा कार्यक्रममा ल्याएको सूचना प्रविधि क्षेत्रको संस्थागत पुनर्संरचना गर्ने विषयमा अध्ययन गर्न समिति बनाउने निर्णय गरेका हुन्। 

उनले सूचना प्रविधि सम्बद्ध निकायको संस्थागत पुनर्संरचनाका लागि अध्ययन गरेर अघि बढ्ने उल्लेख गरे। 

उनले सञ्चार मन्त्रालयमा आफू लोकप्रियताका लागि नआएको बताए। त्यसकारण बुझेर मात्र बोल्ने उनको भनाइ थियो।

उनले भने, ‘म यहाँ पपुलर हुन आएको होइन। म डेलिभरी गर्न आएको हुँ। मन्त्रालयको कुरा बुझ्न धेरै बाँकी छ, आज ठूलो ठूलो कुरा गर्दिन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .