ad ad

कारोबार


बाढी पहिरो : सडक र पुल भत्किँदा कम्तीमा ४० करोड ३४ लाखको क्षति

बाढी पहिरो : सडक र पुल भत्किँदा कम्तीमा ४० करोड ३४ लाखको क्षति

बेनी–जोमसोम सडकखण्ड अन्तर्गत रघुगंगा गाउँपालिका–३ गायत्री मन्दिर परिसरमा रघुगंगा नदीको कटानले भत्काएको सडक । नदी कटानले सडक बगाएपछि सडक अवरुद्ध बनेको छ । तस्बिर : रासस


नेपालखबर
असार ३०, २०८१ आइतबार १८:१७, काठमाडौँ

वर्षातले सडक तथा पुल भत्किँदा ४० करोड रुपैयाँको क्षति भएको छ।

सडक विभागले बाढी, पहिरो लागायत विभिन्न कारणबाट सडक र पुल भत्किँदा ४० करोड ३४ लाख क्षति भएको प्रारम्भिक अनुमान गरेको हो। 

सडक विभागका अनुसार वर्षात् सुरु भएसँगै २७१ स्थानमा अवरुद्ध भएको थियो। त्यसमा १२३ सडक दुवैतर्फ यातायात सुचारु भएका छन्। एकतर्फी १३४ स्थानमा खुल्ला हुँदा १२ स्थानमा सडक अझै अवरुद्ध छन्। 

आइतबार साझसम्म ४ वटा राजमार्ग आउजाउको लागि अवरुद्ध रहेको सडक विभागले जनाएको छ।

मध्यपहाडी राजमार्ग मात्रै ५ ठाउँमा अवरुद्ध भएको छ। तानसेन–रिडी–कोरला ४ ठाउँमा अवरुद्ध छ। कोशी राजमार्गको समाटार र डुम्रे बेसीसहर–चामेको तिमाङमा बाटो अवरुद्ध छ। 

सडकको क्षतिबाट १० करोड ६५ लाख रुपैयाँ क्षति भएको प्रारम्भिक अनुमान छ। सडकको तुलनामा पुलको क्षति बढी छ। पुलबाट मात्रै २९ करोड ८० लाख रुपैयाँ क्षति भएको छ। 

निर्माणसम्पन्न भएका ६ वटा पुलमा क्षति भएको विभागले जनाएको छ। जसमा १ कल्भर्ट, १ वटा बेलिब्रिज र ४ वटा आरसीसी पुलमा क्षति पुगेको हो। मध्यपहाडी राजमार्गमा मात्रै ३ वटा पुलमा क्षति भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .