ad ad

कारोबार


बुद्ध एयरको जहाज चिप्लिएपछि भैरहवा विमानस्थल बन्द

बुद्ध एयरको जहाज चिप्लिएपछि भैरहवा विमानस्थल बन्द

फाइल तस्बिर


नेपालखबर
असार २८, २०८१ शुक्रबार ११:३, काठमाडौँ

बुद्ध एयरको जहाज चिप्लिएका कारण रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आज मध्याह्न १२ बजेसम्म बन्द रहने भएको छ।

बिहीबार राति धावनमार्गमा चिप्लिएको बुद्ध एयरको ९एन एओसी कलसाइन भएको जहाज निकाल्न समय लागेकाले विमानस्थल खुल्न समय लाग्ने भएको हो। 

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक हंसराज पाण्डेले धावनमार्गबाट चिप्लिएर बाहिर गएको जहाज बिहान ११:३० सम्ममा निकाल्ने तयारी रहेको बताए।

पाण्डेले धावनमार्गबाट चिप्लिएर किनारमा पुगेको बुद्ध एयरको एटीआर ७२ जहाज निकाल्न काठमाडौँबाट एटीआर ४२ मार्फत बुद्धएयरको प्राविधिक टोली भैरहवा पुगिसकेको जानकारी दिए। 

‘अहिले जहाज धावनमार्गमा ल्याउनकोलागि उपकरणहरु तयार भइसकेका छन्,’ प्राधिकरणका प्रवक्ता पाण्डेले भने,‘११ः३० सम्म जहाज तानिसक्ने प्राविधिकले जानकारी गराएका छन्।’

विहिबार भारी वर्षाका कारण बुद्ध एयरको जहाज चिप्लिएको थियो। काठमाडौंबाट भैरहवा विमानस्थल रनवेको पूर्वबाट पश्चिमतर्फ अवतरणका क्रममा ‘स्किड’ भई जहाजका केही भाग घाँस मैदानमा पुगेको कम्पनीले जनाएको छ।  जहाजमा सवार ५९ यात्रु सकुशल नै  छन्। 

‘हाम्रो प्राविधिक टोली राती नै भैरहवा पुगेका हुन्,’ बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले भने,‘अबको केही समयमा जहाज धावनमार्गमा ल्याउने प्रयास भइरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .