ad ad

कारोबार


रिलायन्स स्पिनिङ मिल्सले रोक्यो धितोपत्रको सार्वजनिक निष्कासन प्रक्रिया

रिलायन्स स्पिनिङ मिल्सले रोक्यो धितोपत्रको सार्वजनिक निष्कासन प्रक्रिया

नेपालखबर
असार २७, २०८१ बिहिबार १०:५७, काठमाडौँ

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले धितोपत्रको सार्वजनिक निष्कासन प्रक्रिया अर्को निर्णय नभएसम्मका लागि रोकेको छ। 

नेपाल धितोपत्र बोर्डको आदेशानुसार ग्लोबल आईएमई क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा आफूले गर्न लागेको धितोपत्रको सार्वजनिक निष्कासन प्रक्रिया अहिलेलाई रोकिएको रिलायन्स स्पिनिङ मिल्सले जनाएको छ। 

सार्वजनिक सूचना जारी गरी मिल्सले भनेको छ- नेपाल धितोपत्र बोर्डको मिति २०८१/०३/२६ गतेको पत्रबाट ग्लोबल आईएमई क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले निष्कासन गर्न लागेको धितोपत्रको सार्वजनिक निष्कासन प्रक्रिया अर्को निर्णय नभएसम्मका लागि रोक्का राख्न आदेश भएकाले मिति २०८१ असार १९ गते कारोबार दैनिक पत्रिकामा प्रकाशित आह्वान पत्रानुसार मिति २०८१ साल असार २७ गतेदेखि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको जारी पुँजी रु. १,९०,००,००,००० (अक्षरेपी एक अर्ब नब्बे करोड मात्र) को १०.१४ प्रतिशत अर्थात् रु. १९,२६,६०,०००।- (अक्षेरेपी उन्नाइस करोड छब्बीस लाख साठी हजार) बराबरको १९,२६,६०० कित्तामध्ये सार्वजनिक निष्कासन गरिने ११,५५,९६० (एघार लाख पचपन्न हजार नौ सय साठी) कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात् १,१५, ५९६ (एक लाख पन्ध्र हजार पाँच सय छयानब्बे) कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहिरहेका नेपाली नागरिकहरूका लागि निष्कासन तथा बिक्री कार्य खुला गर्न लागिएकोमा बोर्डको आदेशानुसार अर्को निर्णय नभएसम्मका लागि रोक्का राखिएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .