ad ad

बागमती


बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई एमालेपछि कांग्रेसले भन्यो- राजीनामा दिनुस्

बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई एमालेपछि कांग्रेसले भन्यो- राजीनामा दिनुस्

बागमती प्रदेशमा नेपाली कांग्रेसले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेको छ।


नेपालखबर
असार २७, २०८१ बिहिबार ११:२४, हेटौँडा

बागमती प्रदेशमा नेपाली कांग्रेसले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेको छ।

कांग्रेस बागमती संसदीय दलले बिहीबार बिहान विज्ञप्ति जारी गरी कांग्रेस-एमाले सम्मिलित नयाँ गठबन्धनको सरकार गठनका लागि मुख्यमन्त्री जम्कट्टेलाई पदबाट हट्न भनेको हो। 

कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले जारी गरेको  विज्ञप्तिमा केन्द्रमा एमाले र कांग्रेसको सहमतीको सरकारको प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै माओवादी केन्द्रको नेतृत्वमा रहेको बागमती सरकारलाई नयाँ सरकार गठनका लागि बाटो खुलाउन आग्रह गरिएको छ। 

केन्द्रमा भएको कांग्रेस–एमाले गठबन्धनअनुसार सातै प्रदेशमा सरकार गठन गर्नुपर्ने भएकाले बागमतीमा पनि मुख्यमन्त्री जम्कट्टेललाई मार्ग प्रशस्त गर्न कांग्रेसले अनुरोध गरेको हो। 

‘माओवादी नेतृत्वको बागमती सरकारलाई एमालेका मन्त्रीहरुले राजीनामा दिएर सरकारलाई दिएको समर्थन समेत फिर्ता लिँदै राजीनामाको माग गरिसकेको अवस्था छ,’  विज्ञप्तीमा भनिएको छ, ‘यो अवस्थामा सरकारले कुनै पनि महत्त्वपूर्ण निर्णय, नियुक्ति र त्यस प्रकृतिको अन्य कार्यहरू गर्नु नैतिकताको हिसाबले पनि उपयुक्त नहुने भएकोले नेपाली कांग्रेस संसदीय दलको तर्फबाट गम्भीर ध्यानाकर्षण गराउँदै माननीय मुख्यमन्त्रीले राजनीतिलाई सहज रूपमा अगाडि बढाउन र सहमतीय सरकार गठन गर्न तत्काल मार्गप्रशस्त गरिदिनुहुन आग्रह गदर्छु।’

यसअघि मंगलबार एमाले बागमती संसदीय दलले पनि मुख्यमन्त्री जम्कट्टेललाई राजीनामा दिएर मार्गप्रशस्त गरिदिन लिखित आग्रह गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .