कारोबार


प्रभु बैंकले ल्यायो ‘प्रभु गुडलक सेभिङ स्किम’, ग्राहकलाई यस्ता फाइदा

प्रभु बैंकले ल्यायो ‘प्रभु गुडलक सेभिङ स्किम’, ग्राहकलाई यस्ता फाइदा

नेपालखबर
फागुन १६, २०७६ शुक्रबार ६:५४,

प्रभु बैंक लिमिटेडले विभिन्न कलेज अध्ययनरत विद्यार्थीहरु तथा कर्मचारीहरुलाई लक्षित गर्दै आकर्षक सेवा सुविधासहित प्रभु गुडलक सेभिङ नामक नयाँ निक्षेप योजना सञ्चालनमा ल्याएको छ।

शून्य मौज्दातमा खाता खोल्न सकिने उक्त बचत खाता खोल्नासाथै बैंकको तर्फबाट सय रुपैयाँ जम्मा गरिदिने बैंकले जनाएको छ।

यो योजनाअन्तर्गत खाता खोल्ने खाता धनीहरुलाई वार्षिक ६.५ प्रतिशत ब्याज, डिम्याट खाता, मेरो सेयर अनलाइन सेवा, डेबिट कार्ड, अन्तरशाखा कारोबार, इन्टरनेट बैंकिङ्ग, मोवाइल बैकिङ्ग लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुनेछन्।

त्यस्तै, खाता खोल्ने खाताधनीहरुलाई बैंकले सहायक कम्पनी प्रभु क्यापिटल लि.सँगको आवश्यक समन्वय तथा सहकार्यमा सम्बन्धित कलेज तथा विश्वविद्यालयहरुमै गएर पुँजीबजारसँग सम्बन्धित लगानीका अवसरहरु आईपीओ, एफपीओ, पुँजीबजार आदिबारे व्यावहारिक ज्ञान तथा यथार्थपरक परामर्श प्रदान गर्ने व्यवस्था रहेको बैंकले जनाएको छ। योजनामा सहभागी हुने विद्यार्थीहरुलाई आप्mनो अध्ययन सँगसँगै आर्थिक आत्मनिर्भरतातर्फ अग्रसर हुने अवसर समेत मिल्ने बैंकले दाबी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad