कारोबार


हायात रिजेन्सीमा खुल्यो ‘द लिभिङ रुम’ रेष्टुरेन्ट

हायात रिजेन्सीमा खुल्यो ‘द लिभिङ रुम’ रेष्टुरेन्ट

नेपालखबर
फागुन १६, २०७६ शुक्रबार ७:५,

योङ, ट्रेन्डी तथा स्वस्थसम्बन्धी सचेत खाना पारखीका लागि काठमाण्डौँमा ‘द लिभिङ रुम’ रेष्टुरेन्ट खुलेको छ। हायात रिजेन्सीको लबी एरियामा रहेको यो भर्सटाइल रेष्टुरेन्ट हो।

शान्त र मनमोहक वातावरणमा रहेको ‘द लिभिङ रुम’ रेष्टुरेन्ट हुँदै टेरेस (छत)मा जान सकिने व्यवस्था मिलाइएको छ। जहाँबाट सुन्दर र हराभरा बगैचातथा स्वीमिङ पुल देख्न सकिन्छ। सबै उत्सवहरू वा रमाइलो पलहरूमा जमघट हुनका लागि सबैभन्दाउपयुक्त स्थान रहेको रेष्टुरेन्टको दाबी छ।

कस्तो छ ?
आधुनिक र मनै लोभ्याउने साजसज्जातथा इन्टेरियर डेकोरेसन रहेको ‘द लिभिङ रुम’ले फुड तथा बेभरेज इन्डष्ड्रीमा नयाँ ट्रेन्डहरू कायम गर्ने उद्देश्यका साथ सर्वोत्कृष्ट खाना र स्फूर्ति दिने इनरजाइजिङ ड्रिङ्कहरू ग्राहकहरुलाई प्रदान गर्दछ।

hayat restaurant 3

‘द लिभिङ रुम’ को मुख्य विशेषताहरूमा– योङ, ट्रेन्डी तथा स्वस्थकर रहेका छन्। हायातले यस रेष्टुरेन्टलाई विभिन्न उमेर समूहका ग्राहकहरूलाई लक्षित गर्दै दिनको समयअनुसार विभिन्न खानाका परिकारहरू पस्कने योजनासाथ रेष्टुरेन्ट खोलेको हो।

hayat restaurant 2

रेष्टुरेन्टको इन्टेरियर डेकोरेसनहरू, मनमोहक वातावरण युथ तथा ट्रेन्डी विशेषताहरूमा आधारित रहेका छन्। यसमा बैठकहरु समेत आयोजना गर्न सकिनेछ।

स्विमिङ पुल तथा बगैँचाहरूको नजिकै रहेको आउटडोर सिटिङ अरेन्जमेन्टमा जमघट वा भेटघाटहरू गर्न सकिन्छ। साथै परिकारहरु पनि ताजा र स्वस्थ रहेको रेष्टुरेन्टले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad