ad ad

कारोबार


सर्वोत्तम स्टिलले ६ महिनामा गर्‍यो २ अर्ब ६३ करोड सञ्चालन आय

सर्वोत्तम स्टिलले ६ महिनामा गर्‍यो २ अर्ब ६३ करोड सञ्चालन आय

नेपालखबर
असार २१, २०८१ शुक्रबार १४:३४, काठमाडौँ

सर्वोत्तम स्टिलले चालू आर्थिक वर्षको ६ महिनामा साढे २ अर्ब बढी सञ्चालन आम्दानी गरेको छ। 

सर्वोत्तम ग्रुपअन्तर्गतको कम्पनीले गत आर्थिक वर्षमा ७ अर्ब ७५ करोड ३० लाख र अघिल्लो आर्थिक वर्षमा ८ अर्ब ९३ करोड ४० लाख रुपैयाँ सञ्चालन आय गरेको थियो। 

यस वर्ष कम्पनीको करअघिको नाफा मार्जिनमा कमी आएको छ। गत आवमो ४.८ प्रतिशत र अघिल्लो आवमा २.५४ प्रतिशत रहेको मार्जिन यस वर्षको उक्त अवधिमा १.७१ प्रतिशत छ। 

बिलेट बिक्री घट्दा कम्पनीको सञ्चालन आय पनि घट्न पुगेको हो। बिलेट स्टिलको कच्चा पदार्थ हो। गत वर्ष कम्पनीको टीएमटी रडको बिक्री २७ प्रतिशतले बढेको थियो। यसले कम्पनीको आम्दानीको मार्जिन पनि अघिल्लो वर्षको २.५४ प्रतिशतबाट बढेर ४.८० प्रतिशत पुगेको थियो। 

यस वर्ष भने अफसिजनमा कम मूल्यको कारण मार्जिन घटेको रेटिङ एजेन्सी इन्फोमेरिक्सले जनाएको छ। 

कम्पनीले भारतबाट कच्चा पदार्थहरु पिग आइरन र स्पोन्ज आइरन आयात गर्ने गरेको छ। 

कुल सञ्चालन आयमा पछिल्ला केही वर्षयता कच्चा पदार्थतर्फको लागत औसत ८४ प्रतिशत छ। मूल्यमा उतारचढाव आइरहँदा नाफामा असर गर्ने गरेको छ। 

त्यसबाहेक नेपाल र भारतका सरकारले लिएका नीतिबाट पनि नियामकीय जोखिमको सामना कम्पनीले गर्नुपरेको छ। नयाँ बजेटमार्फत सरकारले १ प्रतिशत रहेको स्पोन्ज आइरनको आयात शुल्क साढे २ प्रतिशत पुर्‍याएको छ। त्यस्तै स्क्राप र पिग आइरनमा पनि १ प्रतिशत आयात शुल्कको व्यवस्था गरिएको छ। 

कम्पनीको उत्पादन कारखाना पर्साको वीरगन्जमा छ। तीन वर्षयता कम्पनीले टीएमटी स्टिल बार, बिलेट र तारहरु उत्पादन गर्दै आएको छ। कम्पनीको कुल क्षमता ५ लाख २० हजार ८ सय एमटीपीए छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .