सरकारले विकास कर दाेब्बर पार्ने निर्णय गरेकाे छ।
यही फागुन १२ गते बसेकाे मन्त्रिपरिषद बैठकले पूर्वाधार विकास करकाे दर परिमार्जन गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका हुन्।
पूर्वाधार विकास करमार्फत सरकारले डिजेल र पेट्रोलमा ५ प्रतिशत कर लगाउँदै आएको थियाे। याे निर्णयसँगै अब त्याे कर १० प्रतिशत पुगेकाे छ। बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको लागि भन्दै लगाएको उक्त कर वृद्धि गरिएकाे हाे।
योसँगै डिजेल र पेट्रोल दुवैको मूल्य समेत वृद्धि हुनसक्ने देखिएको छ।

प्रतिक्रिया