कारोबार


पुस्तकमा ४० प्रतिशत नाफा खानेले १० प्रतिशत कर तिर्नैपर्छः मन्त्री खतिवडा (भिडियाे)

पुस्तकमा ४० प्रतिशत नाफा खानेले १० प्रतिशत कर तिर्नैपर्छः मन्त्री खतिवडा (भिडियाे)

नेपालखबर
फागुन १५, २०७६ बिहिबार १०:३०,

अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पुस्तकमा ४० प्रतिशत नाफा खानेले १० प्रतिशत कर तिर्नुपर्ने बताएका छन्।

बिहीबार मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्नेक्रममा सञ्चार मन्त्रालयमा खतिवडाले उक्त कुरा बताएका हुन्।

ज्ञानमा नभई सरकारले पुस्तकमा कर लगाएको उनले बताए।

‘पुस्तकको व्यापार पनि व्यापार नै हो। ज्ञानको व्यापार होइन’, खतिवडाले भने, ‘ज्ञानको व्यापारमा त ज्ञानको आदानप्रदान हुन्छ । व्यापार हुँदैन । पुस्तक व्यापार गरेर नाफा कमाउनुहुन्छ भने कर लाग्छ।’

उनले सरकारविरुद्ध पुस्तकमा लगाएको करलाई ज्ञानमा लगायो भनेर दिग्भ्रमित पार्न खोजिएको दाबी गरे।

भिडियाेः 

पुस्तक व्यापारमा कर लगाउने सरकारी निर्णयको बचाउ गर्दै उनले पुस्तकमा धेरै मुलुकहरुले कर १८ प्रतिशतसम्म लगाउने गरेको बताए।

‘५ देखि १० प्रतिशतसम्म त धेरै मुलुकमा छ’, उनले भने।

कर लगाउनु ठूलो कुरा होइन तर किन लगाइयो भन्ने ठूलो कुरा भएको उनको भनाइ छ।

‘हाम्रो मुलुकमा अर्बौं लगानीका छापाखाना तथा प्रेसहरुको स्थापना भएका छन्। ती प्रेसहरुले बैंकबाट ऋण लिएका छन्। स्वदेशी उद्योग हुन्, संरक्षण पनि दिनु छ। उनीहरुले छापेर बिक्री गर्ने किताबमा पनि अभिवृद्धि कर लाग्छ । उनीहरुले आयात गर्ने कागजमा पनि १५ प्रतिशत कर लाग्छ। अनि करै नतिरी ल्याउने पुस्तकसँग कसरी प्रतिस्पर्धा गर्छन्’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad