ad ad

कारोबार


असार १५ गते चितवनको बछौलीमा रोपाइँ महोत्सव, प्रधानमन्त्री सहभागी हुने

असार १५ गते चितवनको बछौलीमा रोपाइँ महोत्सव, प्रधानमन्त्री सहभागी हुने

फाइल फोटो


नेपालखबर
असार १३, २०८१ बिहिबार १५:१४, काठमाडौँ

सरकारले २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ मनाउने भएको छ।

बिहीवार २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव,२०८१ मूल समारोह समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असार १५ गते राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाउने बताएको हो ।

समितिका संयोजक तथा कृषि विभागका महानिर्देशक नरहरीप्रसाद घिमिरेले धानको उत्पादन वृद्धि,आधुनिकिकरण र व्यवसायीककरणलाई प्रवद्र्धन गर्नेगरी २०६१ सालदेखि नियमित रुपमा प्रत्यक वर्ष असार १५ गते विगतको जस्तै गरी राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाउने तयारी भएको बताए।

उनले यो वर्ष जलवायुमैत्री कृषि,धान उत्पादनमा वृद्धि भन्ने नाराका सहित विभिन्न कार्यक्रम गरी धान दिवस मनाइने बताए। उनले जलवायु परवर्तनको कारण धान खेतीमा बढ्दो नकारात्मक असरलाई न्युनिकरण गर्न जलवायु अनुकूलित प्रविधिहरुको अनुसन्धान र विकास एंव उपलब्ध प्रविधिहरुको प्रचार गरी तीनको अवलम्वन गर्न कृषकलाई सचेत गराई धान उत्पादन र उत्पादकत्व बढाउनु पर्ने यस वर्षको सन्देश रहेको बताए।

उनले २१ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव,२०८१ अवसरमा असार १५ गते चितवनको बछौलीमा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितीमा २१ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाउने योजना रहेको बताए।

उनले २०८१ असार १२ गतेसम्म देशभर ८.७५ रोपाईं भएको बताए। उने कोशी प्रदेशमा ६.५,मधेस प्रदेशमा २.९,बागमती प्रदेशमा ५.०,गण्डकी प्रदेशमा ६.९,लुम्बिनी प्रदेशमा १०.९,कर्णाली प्रदेशमा २२.६ र सुदूरपश्चिम प्रदेशमा २२. प्रतिशत खेतमा धान रोपाईं भएको जानकारी दिए।

अहिलेसम्म कुल धान रोपाईं हुने क्षेत्रफल १३ लाख ९८ हजार ८३६ मध्ये १ लाख ३६ हजार ४११ हेक्टर क्षेत्र फलमा रोपाई भएको पनि घिमिरेले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .