हङकङ : ‘हाइकिङ’ गएका पैदलयात्री १५ घण्टापछि भेटिए, हवाई उद्धार गरी अस्पताल लगियो

हङकङ : ‘हाइकिङ’ गएका पैदलयात्री १५ घण्टापछि भेटिए, हवाई उद्धार गरी अस्पताल लगियो

‘हाइकिङ’का लागि घरबाट निस्कँदै गर्दाको सीसीटीभी फुटेज (ह्यान्डआउट)


नेपालखबर
असार १०, २०८१ सोमबार १२:१७, हङकङ

एक दिनअघिदेखि बेपत्ता हङकङका पैदलयात्रीलाई १५ घण्टापछि सोमबार उद्धार गरिएको छ।

उनलाई आज हेलिकोप्टरबाट उद्धार गरी अस्पताल लगिएको हो।

बिहानै साइकुङतर्फ ‘हाइकिङ’ गएका श्रीमान् बेलुका अबेरसम्म घर नफर्किएपछि उनकी श्रीमतीले आइतबार साँझ ७:४० मा प्रहरीलाई खबर गरेकी थिइन्। जबकि उनले दिउँसो २/३ बजे घर फर्कने परिवारलाई बताएका थिए।

५६ वर्षीय उनलाई सोमबार बिहान ११:१० मा क्लियर वाटर बे कन्ट्री पार्कबाट उद्धार गरिएको हो।

हराएको रिपोर्ट प्राप्त गरेपछि जमिन तथा हवाई खोजी सुरु गरेको प्रहरीले उनलाई जिवित अवस्थामै हवाई उद्धार गरी पामेला युडे नेदोरसोल पूर्वी अस्पताल लगेको हो।

उनलाई श्वासप्रश्वास गरिरहेको र नाडीको गति चलिरहेकै अवस्थामा उद्धार गरिएको प्रहरीले बताएको छ।

‘आपत्‌कालीन कर्मचारीले फेला पार्दा पीडितको नाडीको गति चलिरहेको थियो भने श्वासप्रश्वास पनि थियो,’ प्रवक्तालाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टमा उल्लेख छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .