ad ad

कारोबार


सरकार र ट्यांकर चालकबीच सहमति, आजै पेट्रोल पम्प खुल्ने

सरकार र ट्यांकर चालकबीच सहमति, आजै पेट्रोल पम्प खुल्ने

नेपालखबर
असार ३, २०८१ सोमबार १५:९, काठमाडौँ

नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति जुटेको छ। सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेट्रोलियम ट्यांकर चालक संघ, निगम र मन्त्रालयका पदाधिकारीबीच छलफल भएको थियो। 

छलफलपछि १५ दिनभित्र मागहरू पूरा गर्नेगरी ४ बुँदे सहमति जुटेको हो। 

१५ दिनभित्र प्रतिवेदन पेस गर्नका लागि नेपाल आयल निगमका कार्यकारी निर्देशक (बजार व्यवस्था) को संयोजकत्वमा उद्योग मन्त्रालयका प्रतिनिधि तथा नेपाल पेट्रोलियम ट्यांकर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर र अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघका प्रतिनिधित्व हुनेगरी उपसमिति बनाइएको छ। 

१५ दिनभित्र मागहरू पूरा गर्ने सहमति भएसँगै आइतबारदेखि जारी अवरुद्ध अन्त्य हुने जनाइएको छ। छलफलपछि आयोजित पत्रकार सम्मेलनमा आजैबाट बन्द रहेका पेट्रोल पम्प खुल्ने जानकारी गराइएको छ।

७ बुँदे माग राखेर पेट्रोलियम ट्यांकर चालक संघका चालकहरू हड्तालमा उत्रिएका थिए।

आयल निगममा लामो समयदेखि ट्यांकर चालक मजदुरहरू आवश्यक सेवा सुविधाविना नै काम गर्न बाध्य रहेको माग राखेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .