ad ad

समाज


श्रीमतीको आँखा छलेर गर्लफ्रेन्डसँग भेट्दा...

श्रीमतीको आँखा छलेर गर्लफ्रेन्डसँग भेट्दा...

श्रीमान्‌की प्रेमिकालाई कुटपिट गर्दै श्रीमती।


नेपालखबर
असार ३, २०८१ सोमबार १५:१२, काठमाडौँ

भारतीय राज्य उत्तर प्रदेशको राजधानी लखनउको एक रेस्टुरेन्टमा एक विवाहित पुरुषले प्रेमिकासँग भेट्दा हंगामा मच्चिएको छ।

आफ्ना दाइ र केही आफन्तसहित पतिको पिछा गरिरहेकी पत्नीले रंगेहात फेला पारेर बबाल मच्चाएकी हुन्। 

रेस्टुरेन्टबाट बाहिर निकालेर उनले पति र पतिकी गर्लफ्रेन्डलाई सडकमै रामधुलाइ गरेकी हुन्। 

भारतीय अनलाइन पत्रिका आजतकका अनुसार त्यस क्रममा सडकमा उभिएका केही व्यक्तिले झगडाको पूरै भिडिओ बनाएर सोसल मिडियामा पोस्ट गरेपछि भिडिओ भाइरल भयो।

झगडा बढ्दै गएको देखेर केही व्यक्तिले छुट्याउने कोसिस गरे पनि नसकेपछि प्रहरीलाई फोन गरेका थिए। त्यसपछि प्रहरीले दुवै जनालाई प्रहरी चौकीमा लगेको थियो। जहाँ श्रीमान्‌ले आफूलाई धोका दिएर अर्की युवतीसँग सम्बन्ध राखेको भन्दै श्रीमतीले कारबाही गर्न माग गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .