ad ad

कारोबार


क्रसर उद्योग नवीकरणको माग राख्दै व्यवसायी सडकमा

क्रसर उद्योग नवीकरणको माग राख्दै व्यवसायी सडकमा

नेपालखबर
असार २, २०८१ आइतबार १८:३, काठमाडौँ

क्रसर उद्योग नवीकरणको माग राख्दै क्रसर व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन्।

आइतवार कलंकीमा नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले सरकारले क्रसर उद्योगहरुको नवीकरण गर्ने कार्यलाई वेवास्था गरेको भन्दै चरणवद्ध सडक आन्दोलनको घाषणा गरेका हो।

महासंघले गत जेठ २३ गते पत्रकार सम्मेलनमार्फत सरकारलाई असार १ गतेसम्म क्रसर उद्योग नवीकरणको लागि अल्टिमेटम दिएको थियो।

अल्टिमेटमा अनुसार सरकारले कुनैपनि मागको सुनुवाई नगरेकाले सडक आन्दोलन गर्न बाध्य भएको महासंघका अध्यक्ष सीताराम न्यौपानेले बताए।

उनले विगत १० वर्षदेखि क्रसर उद्योगहरु नवीकरण नहुँदा क्रसर व्यवसायबाट पलायन हुनुपर्ने अवस्थाको सिर्जना भएको भन्दै पटक–पटक सरकारसँग नवीकरण गर्न माग गर्दा समेत वेवास्ता गरेको आरोप लगाए। उनले सरकारले व्यवसायीहरुको माग सम्बोधन गरेको खण्डमा विधिगत रुपमा काम गर्न तयार रहेको बताए।

उनले क्रसर उद्योगीहरुको समस्यालाई सरकारले तत्काल अध्ययन गरेर हल गर्न माग गरे। अध्यक्ष न्यौपानेले सरकारले क्रसर उद्योगीहरुको माग तत्काल सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिए।

उनले क्रसर नवीकरणको समस्या दीर्घकालिन समाधानको लागि समाधानका लागि वार्ता समिति बनाउन ध्यानाकर्षण गराए।

उनले क्रसर उद्योग नवीकरण नहुँदा उद्योगी मात्रै नभई उद्योगमा काम गर्ने श्रमिकहरुको समेत चुलो बाल्न नसक्ने अवस्थाको सिर्जना भएको बताए।

कानूनसम्मत रुपमा दर्ता भएका र अव्यवहारिक मापदण्डका कारण नवीकरण नभएका उद्योगले सरकारलाई तिर्नुपर्ने दस्तुर तिरेर नवीकरण गरेर सञ्चालन गर्ने निर्देशन सरकारले गर्नुपर्ने उनको तर्क छ।

उनले कानूनको दायरामा नआएका उद्योगलाई सरकारले समय दिनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .