ad ad

समाज


सुर्खेतमा आफ्नै अस्पतालका सुरक्षा गार्डलाई जातीय भेदभाव गरेको आरोपमा व्यवस्थापक पक्राउ

सुर्खेतमा आफ्नै अस्पतालका सुरक्षा गार्डलाई जातीय भेदभाव गरेको आरोपमा व्यवस्थापक पक्राउ

सुरक्षा गार्डलाई जातीय भेदभाव गरेको आरोपमा पक्राउ परेका व्यवस्थापक भक्तबहादुर शाही र सुर्खेत हस्पिटल


नेपालखबर
असार २, २०८१ आइतबार १८:५, काठमाडौँ

आफ्नै अस्पतालमा कार्यरत सुरक्षा गार्डलाई जातीय छुवाछूत तथा भेदभाव गरेको आरोपमा सुर्खेत अस्पतालका व्यवस्थापक भक्तबहादुर शाही पक्राउ परेका छन्।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको सुर्खेत अस्तालमा सुरक्षा गार्डका रूपमा कार्यरत टीकाराम विश्वकर्मालाई जातीय विभेद गरेको आरोपमा अस्तालका व्यवस्थापक शाहीलाई प्रहरीले पक्राउ गरेको हो। 

विश्वकर्माले जाहेरी दिएपछि अनुसन्धानका लागि शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र विश्वकर्माले जानकारी दिए।

डीएसपी विश्वकर्माका अनुसार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी परेपछि गत बिहीबार शाहीलाई पक्राउ गरिएको हो।

तर स्वास्थ्य जाँचका क्रममा बेहोस भएर ढलेपछि शाहीलाई प्रहरीको निगरानीमा प्रदेश अस्पताल भर्ना गरिएको उनले बताए। 

प्रहरीका अनुसार ६५ वर्षका विश्वकर्मालाई गत जेठ २८ गते अस्पतालकै सुरक्षामा खटिएका बेला राति साढे ११ बजेतिर सुर्खेतको भेरिगंगा नगरपालिका स्थायी घर भएका ३५ वर्षका अस्पतालका व्यवस्थापकले ‘तँ कामी, डुम, दलित यस अस्पतालमा काम गर्न पाउँदैनस्’ भनी जातीय रूपमा होच्याउने गाली गर्दै गलतहत्याएर अस्पताल हातबाट निकालेको जाहेरीमा उल्लेख छ।

शाहीको उपचार जारी रहेको र स्वास्थ्य सामान्य भएपछि पुन: हिरासत लगिने र थप अनुसन्धान गरिने सुर्खेत प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .