ad ad

कारोबार


नेपालले खेल्ने विश्वकप समूह चरणका बाँकी २ खेलअघि डिशहोमको ७२-घण्टे अफर

नेपालले खेल्ने विश्वकप समूह चरणका बाँकी २ खेलअघि डिशहोमको ७२-घण्टे अफर

नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार २०:३५, काठमाडौँ

आईसीसी पुरुष टी२० विश्वकपमा नेपालले समूह चरण अन्तर्गत भोलि (शनिबार) बिहान ५ः१५ बजे साउथ अफ्रिकासँग आफ्नो तेस्रो खेल खेल्दैछ र असार ३ गते बिहान ५ः१५ बजे बाङ्लादेशसँग आफ्नो चौथो खेल खेल्ने भएको छ।

यी दुई खेलहरूको खुसीयालीमा डिशहोम फाइबरनेटले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त ६ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने तथा १२ महिनाको रिचार्ज गर्दा अतिरिक्त ३ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर सार्वजनिक गरेको छ।  

डिशहोम फाइबरनेटले आज (शुक्रबार) दिउँसो २ बजे ‘इतिहास रच्न तयार गोर्खाली’ शीर्षकमा यो ७२ घण्टे नयाँ अफरको घोषणा आफ्नो सामाजिक सन्जाल (फेसबुक) मार्फत गरेको हो।

रिचार्ज गर्नको लागि ग्राहकहरूले आफू नजिकै रहेको डिशहोमको डिलर दाइ कहाँ गई बिना कुनै झन्झट सजिलै रिचार्ज गरी यस् गज्जबको अफरको फाइदा उठाउन सक्नेछन्। साथै अनलाइन पेमेन्ट वालेटहरू मार्फत पनि रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ। थप जानकारीको लागि ग्राहकवर्गले ९८०१५४४००० मा सम्पर्क गर्न सक्नेछन्।

यो विशेष ७२ घण्टे अफरले नेपालको क्रिकेट टोलीलाई साथ र समर्थन गर्ने र विस्तारित उच्च स्पीड इन्टरनेटको साथ आफ्ना ग्राहकहरूलाई पुरस्कृत गर्ने उद्देश्य राखेको कम्पनीको भनाई छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .