ad ad

कारोबार


१० वर्षमा पाँच प्रतिशत मात्रै बन्यो सानिभेरीको पुल

१० वर्षमा पाँच प्रतिशत मात्रै बन्यो सानिभेरीको पुल

सांकेतिक तस्बिर


नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार १५:५०, त्रिवेणी (रुकुम पश्चिम)

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–२ र ४ लाई जोड्ने भेरी नदीमाथिको पुल निर्माण अलपत्रमा परेको छ। निर्माण कम्पनीले काम छाडेपछि कम्पनीसँग ठेक्का सम्झौता रद्द गरिएको छ।

सडक डिभिजन कार्यालय चौरजहारीले १० वर्षसम्म पुल निर्माण सम्पन्न नभएपछि निर्माण कम्पनीसँगको ठेक्का सम्झौता अन्त्य गरेको हो। कार्यालयका प्रमुख तेजस्वी शर्माले देवस्थल चौरजहारी राडीज्युला डोल्पा सडकखण्डअन्तर्गत मध्यपहाडी राजमार्ग नजिकै भेरी नदीमाथि पुर्तिमकाँडा र गरायला जोड्ने पुल निर्माण अलपत्र अवस्थामा छाडिएकाले ठेक्का रद्द गरिएकोे जानकारी दिए।

उनका अनुसार पुल निर्माण गर्न सपना शैलुङ जेभी ललितपुर र तत्कालीन मध्यपश्चिमाञ्चल डिभिजन सडक कार्यालय घोराही दाङबीच २०७१ साल मङ्सिर २ गतेमा सम्भौता भएको थियो।
सम्झौता भएको दुई वर्षअर्थात् २०७३ पुस १ गते निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो।

सो अवधिमा पुल निर्माण हुन नसकेपछि दोस्रो पटक २०७७ साल पुस १३ सम्म निर्माण सम्पन्न गर्ने गरी म्याद थप गरिएको थियो। तर १० वर्ष बितिसक्दा पनि हालसम्म पुल निर्माणको काम पाँच प्रतिशत मात्र भौतिक प्रगति भएको छ।

निर्माणको काम अलपत्र अवस्थामा छाडेपछि निर्माण व्यवसायीलाई लिखित तथा मौखिकरुपमा पटकपटक अनुरोध गर्दा सम्पर्कमा नआएपछि शर्तबमोजिम दायित्व पूरा गर्न नसकेको हुँदा ठेक्का सम्झौता अन्त्य गरिएको प्रमुख शर्माले जानकारी दिए।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा (५९–७) र ठेक्का सम्झौताको आधारमा ठेक्का अन्त्य गरिएको कार्यालयले जनाएको छ।

एक सय ६० मिटर लामो आरसिसी पुल निर्माणका लागि रु १४ करोड ७४ लाखमा सम्झौता भएको थियो। पुल निर्माणको प्रगति पाँच प्रतिशत भए पनि निर्माण व्यवसायीले रु ५५ लाख भुक्तानी लिइसकेको कार्यालयले जनाएको छ।

कार्यालयको तर्फबाट निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने प्रक्रियासमेत सुरु भएको र बाँकी कामको मूल्याङ्कन हुने र सम्पूर्ण खर्च सरकारी नियमअनुसार असुलउपर गरिने डिभिजन प्रमुख शर्माले जानकारी दिनुए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .