ad ad

कारोबार


बंगलादेशले ५ वर्षका लागि नेपालबाट विद्युत् खरिद गर्ने, ७ अर्ब ३९ करोडको निर्यात हुने

बंगलादेशले ५ वर्षका लागि नेपालबाट विद्युत् खरिद गर्ने, ७ अर्ब ३९ करोडको निर्यात हुने

नेपालखबर
जेठ ३०, २०८१ बुधबार १३:१८, काठमाडौँ

बंगलादेश सरकारले नेपालबाट ४० मेगावाट विद्युत् लैजाने निर्णय स्वीकृत गरेको छ।

मंगलबार बसेको सरकारी खरिदसम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीजीपी) बैठकले नेपालबाट ४० मेगावाट विद्युत लैजाने निर्णय स्वीकृत गरेको हो।

समितिले स्वीकृत गरेको १५ प्रस्तावमा नेपालबाट विद्युत् आयात गर्ने प्रस्ताव पनि समावेश रहेको स्थानीय मिडियाले उल्लेख गरेका छन्।  

बंगलादेशको राष्ट्रिय समाचार एजेन्सीका अनुसार अर्थमन्त्री अबुल हसन मोहम्मद अलीको अध्यक्षतामा बसेको बैठकले ४० मेगावाट विद्युत खरिदको निर्णय गरेको छ। 

बैठकपछि पत्रकारलाई जानकारी दिँदै भारतीय मार्गबाट नेपालको ४० मेगावाट विद्युत खरिद सम्झौता भएको क्याबिनेट सचिव महमुदुल हुसेन खानले जानकारी दिए। 

‘ऊर्जा विभागको प्रस्तावअनुसार बंगलादेश पावर डेभपलमेन्ट बोर्डले ५ वर्षको लागि ४० मेगावाट विद्युत् खरिद गरिनेछ’, सचिव खानले भनेका छन्, ‘विद्युत् खरिद नेपाल विद्युत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीचको त्रिपक्षीय सम्झौताअनुसार हुनेछ।’ 

उनका अनुसार बंगलादेशले नेपालबाट ८.१७ टाका अर्थात् नेपाली रुपैयाँ ९ रुपैयाँ १२ पैसामा खरिद गर्नेछ।अहिलेको विनिमय दर अनुसार बंगलादेशले ५ वर्षमा ७ अर्ब ३९ करोड रुपैयाँको विद्युत् खरिद गर्ने भएको छ। 

बंगलादेशको ऊर्जा सचिवस्तरीय बैठक असार ९ र १० गते नेपालमा हुँदै छ। उक्त बैठकमा २ पक्षीय सम्झौता हुने नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ। त्यसपछि नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .