साझा यातायातले २५ वटा विद्युतीय माइक्रो खरिद गर्ने भएको छ। ४० वटा विद्युतीय बस सञ्चालन गरिरहेको साझा यातायातले अब माइक्रो समेत सञ्चालन गर्ने भएको हो।
साझा यातायातले काठमाडौंमा विभिन्न रुटमा विद्युतीय बस सञ्चालन गरिरहेको छ। चीनको सीएचटीसी कम्पनीसँग सम्झौता गरी बस ल्याएको थियो।
साझाले गत चैतमा मात्रै पुलचोकमा ११ वटा विद्युतीय चार्जर डिपो सुरु गरेको थियो। डिपोबाट एकै पटक २२ वटा बस चार्ज गर्न सकिन्छ। लामो समय थन्किएका बस अहिले सञ्चालनमा छन्।
अब साझाले विद्युतीय माइक्रो खरिदगरी सञ्चालन गर्ने भएको छ। टेन्डरमा सहभागी कम्पनीले असार २६ गतेभित्र आवेदन दिनुपर्नेछ।
त्यस्तै साझाले कार्यालय प्रयोजनका लागि ५ वटा विद्युतीय स्कुटर समेत खरिद गर्दै छ।
582
Shares
प्रतिक्रिया