ad ad

कारोबार


धितोपत्र बोर्डमा रोकिएका काम चाँडै पुन: सञ्चालन हुन्छ : काबा अध्यक्ष राना

धितोपत्र बोर्डमा रोकिएका काम चाँडै पुन: सञ्चालन हुन्छ : काबा अध्यक्ष राना

नेपालखबर
जेठ २५, २०८१ शुक्रबार १२:३९, काठमाडौँ

नेपाल धितोपत्र बोर्डको कार्यबाहक अध्यक्ष नरेन्द्र रानाले रोकिएका बोर्डका काम छिट्टै पुन: सञ्चालन हुने बताएका छन्। बोर्डको ३२ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष रानाले छिट्टै रोकिएका काम पुन: सञ्चालन हुने बताएका हुन्।

उनले पहिलो बोर्ड बैठक बसेर रोकिएको काम बारे जानकारी लिएको बताउँदै अब काम पुन: सञ्चालन गर्ने पनि बताए।

बोर्डमा पुर्व अध्यक्ष रमेश कुमार हमालको कार्यकाल सकिएपछि रोकिएका काम कार्यबाहक अध्यक्ष आएपनि अगाडि बढेको छैन। 

जेठ पहिलो साता अर्थमन्त्रालयले बोर्डमा कार्यबाहक अध्यक्षको जिम्मेवारी सहित अर्थमन्त्तालयका सहसचिव नरेन्द्र रानालाई पठाएको थियो।

अध्यक्ष नियुक्त भएपनि ४ महिनादेखी आइपीओ,हकप्रद निष्कासन जस्ता कामहरु भने अगाडि बढाउन सकेका थिएनन्। 

कार्यक्रममा बोल्दै अध्यक्ष रानाले अबको बोर्ड बैठकबाट आईपीओ, हकप्रद निष्कासनलाई प्रथामिकता दिने बताएका हुन्।

अर्थमन्त्रालयले अध्यक्ष पठाएको विषयलाई लिएर कर्मचारीमा देखिएको रुष्टतालाई पनि सम्बोधन गर्दै अध्यक्ष रानाले अध्यक्ष नियुक्तिका काम छिटो गर्न पनि आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .