प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ३० हजार १२० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ।
इन्स्योरेन्सले दुई संस्थापक लगानीकर्ताको स्वामित्वमा रहेको उक्त सेयर खरिदका लागि सूचना जारी गरेको हो।
कम्पनीको संस्थागत लगानीकर्ता बिराट कुमार श्रेष्ठको नाममा रहेको २७ हजार ३ सय ७५ कित्ता र सुरेन्द्र सुवेदीको नाममा रहेको २ हजार ७४५ कित्ता सेयर बिक्रीमा राखिएको हो।
पहिलो पटक खरिदका लागि आह्वान गर्दा इन्स्योरेन्सका संस्थागत लगानीकर्ताले मात्र आवेदन दिन पाउनेछन्। इच्छुक संस्थागत लगानीकर्ताले ७ दिनभित्र केन्द्रीय कार्यलय कमलादीमा निवेदन पेश गर्नुपर्नेछ।
273
Shares

प्रतिक्रिया