ad ad

कारोबार


ओलीलाई अर्थमन्त्रीको जवाफ : बजेट माओवादीतिर होइन, जनतातिर ढल्केको छ

ओलीलाई अर्थमन्त्रीको जवाफ : बजेट माओवादीतिर होइन, जनतातिर ढल्केको छ

नेपालखबर
जेठ २३, २०८१ बुधबार १८:१, काठमाडौँ

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट नेकपा (माओवादी केन्द्र) तिर नभई जनतातिर ढल्केको प्रतिक्रिया दिएका छन्।

बुधवार संसदभवन बाहिर सञ्चारकर्मीहरुको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेट माओवादीतिर ढल्केको भन्दा कतिको दबाब महशुस भयो भन्ने प्रश्नको जवाफ दिँदै यस्तो प्रतिक्रिया दिएका हुन्।

संसदीय दलको बैठकमा अध्यक्ष ओलीले बजेट अर्थमन्त्रीको पार्टीतिर ढल्केको इंगित गरेका थिए। अर्थमन्त्री पुनले सरकारले ल्याएको बजेट कतै पनि नढल्किएको बताए। उनले नेकपा (माओवादी केन्द्र), निजी क्षेत्र र सरकारतिर बढी ढल्केको भन्ने टिप्पणी आएपनि यथार्थमा त्यस्तो नभएको बताए।

उनले आगामी आर्थिक वर्षको बजेट पार्टी र सरकार भन्दा पनि जनतातिर ढल्केको दाबी गरे।

उनले भने,‘सरकारले ल्याएको बजेट कतै पनि ढल्किएको छैन। नेकपा (माओवादी केन्द्र),निजी क्षेत्र र सरकारतिर बढी ढल्लकेको भन्ने टिप्पणी छन्। यथार्थ होइन। मैले ल्याएको आगामी आर्थिक वर्षको बजेट जनतातिर ढल्केको छ।’

उनले मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने र समग्र जनता र युवामा आत्मविश्वास र हौसला पैदा गर्ने खालको बजेट ल्याएको दाबी गरे।

मन्त्री पुनले हरेक तीन वर्षमा कर्मचारीहरुको तलव वृद्धि गर्ने कानूनी व्यवस्था भएकाले अर्को वर्ष तलव वृद्धि हुने बताए। उनले मजदुरहरुको तलव निर्धारण गरी सरकारले बजेटलाई मजदुरमैत्री नीति लिएको बताए।

उनले भने, ‘हरेक तीन वर्षमा कर्मचारीहरुको तलब वृद्धि हुन्छ। अहिले दोस्रो वर्ष चल्दैछ। तेस्रो वर्ष त्यस विषयमा सोच्नेछौं। त्यो कानूनी व्यवस्था नै छ। मजदुरहरुको दुई वर्षमा तलव निर्धारण हुन्छ त्यो भइसकेको छ।’

उनले सरकारले रोजगारी सिर्जना गर्ने,अर्थतन्त्रलाई विकास गर्ने र गति दिएर रोजगारी सिर्जना गर्ने नीति लिएको बताए। उनले सरकारले बजेट कार्यान्वयन गरी वस्तुगत रुपमा परिणाम निकाल्ने प्रतिवद्धता जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .