कारोबार


साढे ५ अंकले घट्यो सेयरबजार, यस्तो रह्यो ‘सप्लाई र डिमान्ड’को अवस्था

साढे ५ अंकले घट्यो सेयरबजार, यस्तो रह्यो ‘सप्लाई र डिमान्ड’को अवस्था

नेपालखबर
जेठ २३, २०८१ बुधबार १५:१४, काठमाडौँ

सेयरबजारमा सामान्य गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से सूचक ५.५८ अंकले घटेर २०७९.७१ विन्दुमा झरेको छ। 

कारोबार रकम भने ३ अर्ब ९९ करोड २९ लाख ७६ हजार ४ सय ९२ रुपैयाँ छ। ८० लाख कित्ता सेयर बिक्रीमा उक्त कारोबार भएको हो। 

योसँगै ८३ कम्पनीको सेयर बढ्दा १५८ वटाको घटेको र ६ वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ। 

आज भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। यसका लगानीकर्ताले ९०.४० रुपैयाँ प्रतिसेयर आम्दानी गर्दा मनकामना स्मार्ट लघुवित्तका सेयरधनीले १०६.७० रुपैयाँ प्रतिकित्ता कमाएका छन्। 

त्यसैगरी माईखोला हाइड्रोपावरका लगानीकर्ताले ४४ रुपैयाँ, विजय लघुवित्तका सेयरधनीले ७९.४० रुपैयाँ, लक्ष्मी लघुवित्तका सेयरधनीले ८७ रुपैयाँ प्रतिकित्ता आम्दानी गरेको नेप्सेले जनाएको छ।  

प्रतिसेयर नोक्सानी व्यहोर्नेमा भने आज अपर लोहोरे खोलाका सेयरधनी छन्। उनीहरुले २२ रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोर्दा कुमारी धनवृद्धिका सेयरधनीले ०.४६ रुपैयाँ, कुमारी इक्विटी फन्डका सेयरधनीले ०.४१ रुपैयाँ, रसुवागढी हाइड्रोका सेयरधनीले १० रुपैयाँ र प्रभु सेलेक्ट फन्डका सेयरधनीले ०.३३ रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोरेका छन्। 

आज सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको १९ करोडको भयो। त्यसैगरी सीईडीबी हाइड्रोपावर डेभलपमेन्टको १८ करोड, सानिमा माई हाइड्रोपावरको १६ करोड ९९ लाखको, पोखरा फाइनान्सको १२ करोड र ग्लोबल आईएमई लघुवित्तको साढे ८ करोडको कारोबार भयो। 

दिनभरिमा ४९ हजार ७ सय ३३ पटक भएको कारोबारमा सबैभन्दा धेरै सेयर माग माई खोला हाइड्रोको ५ लाख ९१ हजार १५४ भन्दा बढी कित्ताका लागि ९ अर्डर, एनआईसी एसिया ग्रोथ फन्ड ३ लाख ८० हजार ५ सय भन्दा बढी कित्ताका लागि १४ अर्डर, सानिमा इक्विटी फन्डको २ लाख ७३ हजार ८३० भन्दा बढी कित्ताका लागि ११ अर्डर, सानिमा लार्ज क्याप फन्डको २ लाख ५८ हजार २९० भन्दा बढी कित्ताका लागि ६ अर्डर भएको नेप्सेले जनाएको छ। 

एनआईबीएल ग्रोथ फन्डको पनि २ लाख ४५ हजार ७ सय भन्दा बढी कित्ताका लागि ५ अर्डर भएको थियो।  

टप सप्लाईतर्फ प्रभु सेलेक्ट फन्ड, कुमारी इक्विटी फन्ड, सानिमा इक्विटी फन्ड, मेगा म्युचुअल फन्ड १, एनआरएन इन्फ्रास्ट्रक्चर फन्ड अगाडि रहे।  

आजको कारोबारमा हिमालयन रिइन्स्योरेन्स, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट, ग्लोबल आईएमई लघुवित्त, एनआरएन, अपर लोहोरे खोला हाइड्रोलगायतका सेयर ‘टप एक्टिभ’ रहे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad