ad ad

कारोबार


श्रीलंका गएका सिटीजन बैंकका डेपुटी सीईओको हृदयाघातबाट निधन

श्रीलंका गएका सिटीजन बैंकका डेपुटी सीईओको हृदयाघातबाट निधन

नेपालखबर
जेठ २२, २०८१ मंगलबार ९:४७, काठमाडौँ

सिटिजन बैंक इन्टरनेसनलका डेपुटी सीईओ (नायब प्रमुख कार्यकारी अधिकृत) पारसकुमार काफ्लेको हृदयाघातका कारण निधन भएको छ। 

अफिसियल कामको सिलसिलामा श्रीलङ्कामा रहेको बेला यही जेठ २० गते काफ्नेको निधन भएको सिटिजन बैंकले जनाएको छ। उनी ५० वर्षका थिए।  

बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स अफ नेपाल (बिफिन) को कार्यक्रममा सहभागी हुन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सहित बैंकबाट पाँचजनाको टिम गत आइतबार श्रीलङ्का गएको थियो।

कार्यक्रमकै दौरानमा काफ्लेलाई हृदयघात भएपछि त्यहाँको नावालोका हस्पिटल भर्ना गरिएको थियो। काफ्लेको उपचारकै क्रममा आइतबार अपरान्न ४ बजे मृत्यु भएको बैंक स्रोतले जानकारी दिएको छ।

काफ्ले लामो समयदेखि सिटिजन बैंकमा कार्यरत थिए। उनको पार्थिक शरीर श्रीलंकाबाट नेपाल ल्याउने प्रक्रिया शुरु गरिएको पारिवारिक स्रोतले जनाएको छ। काठमाडौँ रातोपुल निवासी काफ्लेका श्रीमती र दुई छोरा छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .