ad ad

खेल


डेब्यु खेलमै युगान्डा ५८ रनमा अलआउट, अफगानिस्तानको विजय सुरुवात

डेब्यु खेलमै युगान्डा ५८ रनमा अलआउट, अफगानिस्तानको विजय सुरुवात

नेपालखबर
जेठ २२, २०८१ मंगलबार ९:५२, काठमाडौँ

फजलहक फरुकीको घातक बलिङमा अफगानिस्तानले आईसीसी टी–२० विश्वकपमा युगान्डालाई ५८ रनमा अलआउट गरेको छ।

मंगलबार भएको समूह ‘सी’  को खेलमा अफगानिस्तानले युगान्डामाथि १ सय २५ रनको फराकिलो जित निकाल्ने क्रममा विश्वकपमा विजयी सुरुवात गरेको हो। जितसँगै अफगानिस्तान समूह ‘सी’ को शीर्ष स्थानमा उक्लेको छ। आयोजक वेष्ट इण्डिज दोस्रो स्थानमा छ। 

विश्वकपमा डेब्यु गरेको युगान्डा ५८ रनमा अलआउट भएसँगै जारी विश्वकपमा सस्तैमा अलआउट हुने दोस्रो टोली बनेको छ। 

यसअघि सोमबार राति समूह डी को खेलमा दक्षिण अफ्रिकाविरुद्ध श्रीलंका ७७ रनमा अलआउ भएको थियो। 

अफगानिस्तानले दिएको १ सय ४ रनको लक्ष्य पछ्याएको युगान्डा १६ ओभरमा ५ रन बनाउँदा अलआउट भयो। 

रोविसन ओबुयाले १४ र रैजत अलि साहले बनाएको ११ रन नै युगान्डाका लागि सर्वाधिक रह्यो। अन्य कुनैपनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

अफगानिस्ताको घातक बलिङसामु युगान्डाका ब्याटरहरु क्रिजमा टिक्न सकेनन्। पहिलो ओभरमा नै दुई विकेट गुमाएको युगान्डाले पाँच ओभरमा ५ विकेट गुमाइसकेको थियो। 

युगान्डालाई सस्तैमा रोक्न अफगानिस्तानका रजल्हाक फारुकी एक्लैले ५ विकेट लिए। पहिलो ओभरमा दुई विकेट झारेका उनले १३ औँ ओभरमा ३ विकेट लिए। 

घातक बलिङ गरेका उनले आफ्नो स्पेलमा मात्र ९ रन खर्चे। नविन उल हक र रासिद खानले समान २ विकेट लिए। मुजिव उर रहमानले १ विकेट लिए। 

त्यसअघि गुयानाको प्रोभिडेन्स स्टेडियममा युगान्डाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८३ रनको योगफल तयार पारेको थियो। 

पहिलो विकेटका लागि रहमुल्लाह र इब्राहिमले १ सय ५४ रनको उत्कृष्ट साझेदारी गरेपछि अफगानिस्तानले विशाल योगफल तयार पारेको हो। 

रहमुल्लाह ७६ र इब्राहिमले ७० रन बनाए। रहमुल्लाहले ४५ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दा अल्पेश रमजानीको बलमा क्याच आउट भए। 

गरे। इब्राहिमले ४६ बलमा ९ चौका र १ छक्का हान्दा ब्रियन मासाबाको बलमा बोल्ड आउट भए। अफगानिस्ताका मध्यक्रमका ब्याटर भने लामो समय क्रिजमा टिक्न सकेनन्। मोहम्मद नावी १४ र कप्तान रासिद खान २ रनमा नटआउट रहे। 

युगान्डाका लागि कोसमस क्युवटा र ब्रियन मासाबाले समान २ विकेट लिए। अल्पेसको नाममा एक विकेट रह्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .