ad ad

कारोबार


ठमेलका सडकमा अनैतिक क्रियाकलाप गरेको आरोपमा १५ महिला पक्राउ, ९ जना विदेशी

ठमेलका सडकमा अनैतिक क्रियाकलाप गरेको आरोपमा १५ महिला पक्राउ, ९ जना विदेशी

नेपालखबर
जेठ १८, २०८१ शुक्रबार १८:१३, काठमाडौँ

काठमाडौंको ठमेलमा रातको समयमा सार्वजनिक स्थलमा अनैतिक क्रियाकलाप गरेको आरोपमा १५ जना महिला पक्राउ परेका छन्। 

प्रहरी वृत्त लैनचौरले विशेष टोली परिचालन गरेर उनीहरूलाई पक्राउ गरेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताए। 

पक्राउ पर्नेमा ९ जना विदेशी र ६ जना नेपाली युवती छन्। उनीहरूले ठमेलस्थित सडकमा रातको समयमा बसेर विदेशी तथा आन्तरिक पर्यटकलाई दुर्व्यवहार गर्ने, हैरानी दिने तथा सार्वजनिक स्थानहरूमा अनैतिक क्रियाकलाप गर्ने गरेको प्रहरीको दाबी छ। 

प्रहरीले उनीहरूविरुद्ध अदालतबाट ५ दिनको म्याद लिएर अभद्र व्यवहारको कसुरमा हिरासतमा राखी अनुसन्धान अगाडि बढाएको छ। पक्राउ पर्ने विदेशीमा ८ युगाण्डा र १ जना केन्याका रहेका छन्। नेपालीहरू पनि विभिन्न जिल्लाका रहेका छन्।

प्रहरीले उनीहरूको नाम नामेसीसमेत सार्वजनिक गरेको छ।

को को परे पक्राउ?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .