उद्योग वणिज्य महासंघको चैत २८ र २९ गते हुने ५४औं साधारणको तयारी सुरु भएको छ। महासंघको कार्यकारिणी समितिको बैठक आज अर्थात् आइतबार टेकु मुख्यालयमा बस्दै उपेन्द्र केशरीलाई प्रमुख निर्वाचन अधिकृत तय गरेको हो।
आगामी चैतमा हुने साधारणसभाले नयाँ नेतृत्व समेत चयन गर्दै छ। नयाँ नेतृत्वमा अध्यक्षको लागि शेखर गोल्छा तय भइसकेका छन्। महासंघको विधानअनुसार वरिष्ठ अध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानअनुसार उनी अध्यक्ष हुँदै छन्।
उनी हाल महासंघमा वरिष्ठ उपाध्यक्ष छन्। त्यस्तै वरिष्ठ उपाध्यक्षको लागि भने हालका उपाध्यक्षहरु किशोर प्रधान र चन्द्र प्रसाद ढकालले उम्मेदवारी घोषणा गरिसकेको छन्। त्यस्तै उपाध्यक्षहरुमा सौरभ ज्योति, अन्जन श्रेष्ठ, दिनेश श्रेष्ठ आकांक्षी देखिएका छन्।
महासंघमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्षसहित ८३ जनाको कार्यकारिणी सदस्य चयन हुने प्रावधान छ।
प्रतिक्रिया