ad ad

कारोबार


पोडवे निर्माणले पायो बजेट, सम्भाव्यता अध्ययन गर्ने

पोडवे निर्माणले पायो बजेट, सम्भाव्यता अध्ययन गर्ने

नेपालखबर
जेठ १५, २०८१ मंगलबार १६:३५, काठमाडौँ

सरकारले पोडवे निर्माणको बजेट विनियोजन गरेको छ। 

यातायातको नयाँ प्रविधिको रूपमा नेपाल भित्रिएको पोडवे निर्माणको ढाँचा र सम्भाव्ययता अध्ययन गर्ने भएको हो। 

गोरखाको बारपाक, बुङकोट, गोर्खा बजार, मनकामना, बेनीघाटसम्म पोडवेको संभावता अध्ययन गर्ने  बजेट छुट्याएको छ।

पोडवे तारमा गुड्ने माइक्रो रेल हो। दुईवटा पोलको दूरी २ किलोमिटरसम्म हुने भएकाले पूर्वाधार निर्माण सस्तो पर्ने आकलन छ। विद्युतीय मोटरको सहयतामा पोडवे गुड्छ।  

पडवेको लागि छुट्टै ‘राइट अफ वे’ नचाहिने हुँदा अहिले भइरहेका सडकको बीचमै सञ्चालन गर्न सकिन्छ। खोलाका दुवैतर्फ पोल राखेर पनि पडवे सञ्चालन गर्न सकिने जानकारहरू बताउँछन्। 

‘स्ट्रिङ’ बेस टेक्नोलोजी पोडवेमा यात्रु बाहक र कार्गो एकैपटक सञ्चालन गर्न सकिन्छ। एउटै सडकमा मालबाहक र यात्रुबाहक साधन चलेजस्तै एउटै स्ट्रिङमा चल्न सक्छन्।  

पोडवे यसरी बन्न सक्छ सार्वजनिक यातायातको विकल्पः हेर्नुहोस् भिडिओमा

हेर्दा केबलकारजस्तै देखिए पनि यो कम लागत र गति तीव्र हुने भएकाले सार्वजनिक यातायातका रुपमा प्रयोग गर्न सकिन्छ। नेपाल सरकारले केबलकारलाई पर्यटकीय यातायातका रूपमा मात्रै प्रयोग गर्न सकिने व्यवस्था गरेको छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .