ad ad

कारोबार


नेपालमा ५५ लाख सवारी साधन दर्ता, कोभिडपछिका २ वर्षमा बढेको अटो व्यापार घट्दो

नेपालमा ५५ लाख सवारी साधन दर्ता, कोभिडपछिका २ वर्षमा बढेको अटो व्यापार घट्दो

नेपालखबर
जेठ १४, २०८१ सोमबार ११:५९, काठमाडौँ

नेपालमा गत फागुनसम्म ५५ लाख २६ हजार सवारी साधन दर्ता भएका छन्। यसमध्ये ४४ लाख ७५ हजार मोटरसाइकल तथा स्कुटर दर्ता भएका छन्। 

आर्थिक वर्ष २०४६/०४७ देखी २०७१/७२ सम्म १९ लाख ९५ हजार मात्रै गाडी दर्ता भएका थिए।

पछिल्लो १० वर्षमा ३५ लाख सवारी साधन दर्ता भएका छन् २० वर्ष पुराना सार्वजनिक यातायात चल्न पाउँदैनन् भने कतिपय निजी साधन पुराना भई थन्किएका छन्। 

चालू आर्थिक वर्षको ८ महिनामा २ लाख ३ हजार ५५२ सवारी साधन दर्ता भएका छन्। चालू आर्थिक वर्षमा सबैभन्दा बढी मोटरसाइकल तथा स्कुटर १ लाख ५७ हजार दर्ता भएका छन्। 

आर्थिक सर्वेक्षणअनुसार बस १ लाख ८८२, मिनिबस २ हजार ३८२, कार जिप/ भ्यान १६ हजार ८७०, पिकअप ६४४, माइक्रोबस ३३०, टेम्पो ६ हजार ८८३, टेक्टर १६००, इ रेक्सा ५ हजार २७० दर्ता भएका छन्। 

गत आर्थिक वर्ष  २ लाख ८१ हजार २१६ सवारी साधन दर्ता भएका थिए। 

सामान्य अवस्थाको तुलनामा कोभिड महामारी लगत्तै गाडीको व्यापार बढेको थियो। यातायात कार्यालयको तथ्यांकले कोभिडपछिका २ वर्षमा गाडीको व्यापार ह्वात्तै बढेको बताएका छन्। 

पछिल्ला वर्षमा आर्थिक वर्ष २०७७/०७८ सबैभन्दा बढी ६ लाख २९ हजार र २०७८/०७९ मा ५ लाख ७५ हजार दर्ता भएको आर्थिक सर्वेक्षणले देखाएको छ। 

संघीयता लागू भएपश्चात सवारी साधन दर्ता प्रदेशअन्तर्गतका यातायात कार्यालयबाट हुँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .