ad ad

कारोबार


३ दिनसम्म स्थिर रहेको सुनचाँदी दुवैको मूल्य बढ्यो

३ दिनसम्म स्थिर रहेको सुनचाँदी दुवैको मूल्य बढ्यो

नेपालखबर
जेठ १४, २०८१ सोमबार ११:२५, काठमाडौँ

तीन दिनसम्म स्थिर रहेको सुन र चाँदी दुवैको मूल्य आज वृद्धि भएको छ। 

आज (सोमबार) सुन प्रतिलोता तीन सय रुपैयाँ र चाँदी प्रतितोला २५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसयाी महासंघले जनाएको छ। 

शुक्रबारदेखि आइतबारसम्म सुन चाँदी दुवैको मूल्य स्थिर थियो।  

महासंघका अनुसार आज छापावाल सुनको मूल्य एक लाख ३७ हजार २ सय रुपैयाँ कायम भएको छ। त्यसैगरी तेजावी सुनको मूल्य १ लाख ३६ हजार ५ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। 

त्यसैगरी चाँदी आज प्रतितोला एक हजार ८ सय ८० रुपैयाँ पुगेको छ। 

गएको शुक्रबारदेखि आइतबारसम्म छापावाल सुन १ लाख ३६ हजार ९ सय र तेजाबी सुन १ लाख ३६ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो। 

त्यसैगरी चाँदी प्रतितोला १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .